१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन–कुन स्थानमा हुँदैछ हिमपात ?



अ+ अ-

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ । तराईका थोरै भू-भागमा हुस्सुर कुहिरो लागेको छ ।

दिउँसोː प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

रातीː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।