३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

प्रचण्ड प्रधानमन्त्री नभई नछाड्ने, देउवा दिँदै नदिने

प्रचण्ड प्रधानमन्त्री नभई नछाड्ने, देउवा दिँदै नदिने
file
अ+ अ-

काठमाडौं । राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको पाँचौं दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री बन्ने हठले दुईबीचको विवाद उत्कर्षमा पुगेको हो।

सरकार गठनको समय दुई दिन बाँकी रहँदा शुक्रबार साँझ देउवा र प्रचण्डबीच बालुवाटारमा निर्णायक छलफल भयो। छलफलमा दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेको स्रोत बताउँछ। देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने बताइरहँदा प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने जवाफ फर्काएका थिए।

दुबै नेताले अडान नछोड्दा छलफल विफल भएको स्रोतको दाबी छ। ‘प्रचण्डजीले प्रधानमन्त्री दिनैपर्ने अडानमा आउनुभएको थियो। तर प्रधानमन्त्रीज्युले कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भनेर दोहोर्‍याउनुभयो,’ स्रोत भन्छ। अन्त्यमा दुबै नेताले गठबन्धनको बैठकबाट प्रधानमन्त्रीको टुंगो लगाउने निष्कर्ष निकालेको स्रोत बताउँछ। सम्भवतः शनिबार गठबन्धनको बैठक बस्नेछ। बैठकले देउवा वा प्रचण्ड कसलाई स्वीकार्ने हो त्यो हेर्न भने बाँकी छ।

माओवादीका महासचिव देव गुरुङले पनि आजको बैठकमा निष्कर्ष ननिस्किएको बताए। उनले भोलि बेलुकासम्म टुंगो लाग्ने बताए। ‘प्रधानमन्त्री टुंगो आजै लगाउने प्रयास हाम्रोतर्फबाट भएको थियो। तर बैठकले निष्कर्ष दिन सकेन। सम्भवतः भोलि बेलुकासम्म निष्कर्ष निकाल्छौं,’गुरुङले अन्नपूर्णसँग भने।

प्रचण्डलाई एमालेको आड
प्रचण्डको ‘बार्गिनङ शक्ति’ बढ्नुको एउटै कारण हो, एमालेको आड। गठबन्धनबाट नभए प्रचण्डले एमालेसँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेका छन्। यसबीच एमाले र माओवादी नेताहरूबीच पटक-पटक छलफल भएको छ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई औपचारिकरूपमा प्रधानमन्त्री बन्ने प्रस्ताव गरेयता प्रचण्डले उपेन्द्र यादवमार्फत् ओलीसँग छलफल गराएका छन् भने ओली आफैँले पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सत्ता समीकरणबारे छलफल गरेका छन्। सरकारमै नजाने घोषणा गरेका लिङ्देनसँग ओलीले आवश्यक परे समर्थन गर्न आग्रह गरेको बालकोट स्रोत बताउँछ।

एमाले आडकै कारण पनि प्रचण्डले कांग्रेस नेता प्रकाशमान सिंहलाई शुक्रबार प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने चेतावनी दिएका थिए। कांग्रेस नेता सिंहले प्रचण्डसँग पार्टी सभापति देउवालाई प्रधानमन्त्री बनाएर अन्य पद बाँडफाड गरौंला भन्दा प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राखेका थिए।

प्रचण्डको जवाफ उदृत गर्दै स्रोत भन्छ, ‘एमालेसँग समेत हाम्रो छलफल भइरहेको तपाईंहरुलाई राम्रोसँग थाहा होला। देउवाजी अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ। अहिले म बन्छु दुई वर्षपछि फेरि देउवाजी।’ अन्नपूर्ण पोस्ट