२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड प्रधानमन्त्री नभई नछाड्ने, देउवा दिँदै नदिने



file
अ+ अ-

काठमाडौं । राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको पाँचौं दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री बन्ने हठले दुईबीचको विवाद उत्कर्षमा पुगेको हो।

सरकार गठनको समय दुई दिन बाँकी रहँदा शुक्रबार साँझ देउवा र प्रचण्डबीच बालुवाटारमा निर्णायक छलफल भयो। छलफलमा दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेको स्रोत बताउँछ। देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने बताइरहँदा प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने जवाफ फर्काएका थिए।

दुबै नेताले अडान नछोड्दा छलफल विफल भएको स्रोतको दाबी छ। ‘प्रचण्डजीले प्रधानमन्त्री दिनैपर्ने अडानमा आउनुभएको थियो। तर प्रधानमन्त्रीज्युले कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भनेर दोहोर्‍याउनुभयो,’ स्रोत भन्छ। अन्त्यमा दुबै नेताले गठबन्धनको बैठकबाट प्रधानमन्त्रीको टुंगो लगाउने निष्कर्ष निकालेको स्रोत बताउँछ। सम्भवतः शनिबार गठबन्धनको बैठक बस्नेछ। बैठकले देउवा वा प्रचण्ड कसलाई स्वीकार्ने हो त्यो हेर्न भने बाँकी छ।

माओवादीका महासचिव देव गुरुङले पनि आजको बैठकमा निष्कर्ष ननिस्किएको बताए। उनले भोलि बेलुकासम्म टुंगो लाग्ने बताए। ‘प्रधानमन्त्री टुंगो आजै लगाउने प्रयास हाम्रोतर्फबाट भएको थियो। तर बैठकले निष्कर्ष दिन सकेन। सम्भवतः भोलि बेलुकासम्म निष्कर्ष निकाल्छौं,’गुरुङले अन्नपूर्णसँग भने।

प्रचण्डलाई एमालेको आड
प्रचण्डको ‘बार्गिनङ शक्ति’ बढ्नुको एउटै कारण हो, एमालेको आड। गठबन्धनबाट नभए प्रचण्डले एमालेसँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेका छन्। यसबीच एमाले र माओवादी नेताहरूबीच पटक-पटक छलफल भएको छ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई औपचारिकरूपमा प्रधानमन्त्री बन्ने प्रस्ताव गरेयता प्रचण्डले उपेन्द्र यादवमार्फत् ओलीसँग छलफल गराएका छन् भने ओली आफैँले पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सत्ता समीकरणबारे छलफल गरेका छन्। सरकारमै नजाने घोषणा गरेका लिङ्देनसँग ओलीले आवश्यक परे समर्थन गर्न आग्रह गरेको बालकोट स्रोत बताउँछ।

एमाले आडकै कारण पनि प्रचण्डले कांग्रेस नेता प्रकाशमान सिंहलाई शुक्रबार प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने चेतावनी दिएका थिए। कांग्रेस नेता सिंहले प्रचण्डसँग पार्टी सभापति देउवालाई प्रधानमन्त्री बनाएर अन्य पद बाँडफाड गरौंला भन्दा प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राखेका थिए।

प्रचण्डको जवाफ उदृत गर्दै स्रोत भन्छ, ‘एमालेसँग समेत हाम्रो छलफल भइरहेको तपाईंहरुलाई राम्रोसँग थाहा होला। देउवाजी अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ। अहिले म बन्छु दुई वर्षपछि फेरि देउवाजी।’ अन्नपूर्ण पोस्ट