१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा अपरिचित समूहको गोली प्रहारबाट एक भारतीयको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

बारा । बारामा अपरिचित समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत विहार जिल्ला मोतिहारी छौडादानो बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

शुक्रबार साँझ बारा महागढीमाई नगरपालिका–२ भुतही खोला अगाडि नम्बर नखुलेको भारतीय मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले शिवपुजनलाई बोलाई चिया पसलमा गोली हानि फरार भएको बताइएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते शिवपुजनलाई प्रहरीको सहयोगमा अस्पताल पुर्याएको प्रहरी उपरीक्षक बोगटीले बताए । शिवपुजनको निधन न्युरो अस्पताल भएको प्रहरीले जनाएको छ । मृतक शिवपुजन बिहीबार बरियापुर आफन्तकहाँ आएको प्रहरीले जनाएको छ ।

शिवपुजनसँग रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्नको खोजतलास तीव्र पारिएको उपरीक्षक बोगटीले भए ।