२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुन्छ– गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले गठबन्धन सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन सुझाव दिएका छन् ।

एमाले नेता बाँस्कोटाले सामाजिक संजालमार्फत देउवाले प्रचण्डलाई प्रधानमन्त्री छाड्दिँदा गठबन्धनमा गाँठो नपर्ने बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याँखे दाऊमै रमाउने देखिँदैछ। विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केबल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् । शुभकामना।