१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकताः सांसद गौतम



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।

बिहीवार शपथग्रहण प्रश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताउनु भयो । उहाँले आफूहरु कानूनी निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा संसदमा आवाज उठाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संसदमा सोविता गौतम मात्रै होइन । राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय भएर लागिरहने छ । यसरी नै संसदमा देख्नुहुने छ । कानून निर्माण गर्ने ठाउँमा आएका छौं । हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा वकालत गर्नेछौं । संसदले बनाउने नीति नियमहरु नेपाली जनताको पक्षमा हुने किसिमले काम गर्नेछौं । सरकारमा जाने नजाने विषयमा पार्टीभित्र छलफल हुँदैछन्। प्रश्न छिटो भए जस्तो लाग्छ ।’

उहाँले तत्काल सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनु भयो ।