१८ श्रावण २०८३, सोमबार
,
Latest
मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको… राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रश्तुत लुम्बिनी विकास कोषमा चरम भ्रष्टाचार र सम्पदा नष्ट गरिएको ‘लुम्बिनी बचाउ महाअभियान’को आरोप उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन : पूर्वअर्थमन्त्री खनाल जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधि र मन्त्रालयबीच वार्ता सुरु सुकुम्बासीलाई रोजगारीसँग जोड्न तालिम र अवसर उपलब्ध गराउने निर्णय मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि खस्याे पहिरो, दुईतर्फी सडक अवरुद्ध भलिबल संघको १९ वटा वार्षिक कार्यक्रम सार्वजनिक परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुन्छः महामन्त्री थापा



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

बहीवार संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस अघिको संसदमा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरुले पनि छलफलमा सहभागी बन्ने बताउनु भयो ।

उहाँले संसदको लाइबेरीलाई संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले संसदको लाइबेरीले सांसदको गुणस्तरलाई बढाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो संसदको लाइबेरीलाई हामीले यो संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्छ । त्यसले सांसदको गुणस्तरलाई बढाउन सकिन्छ । त्यसमा हामी काम गर्छौं । पूर्व प्रधानन्यायाधीश जबराको महाअभियोगको विषयले निरन्तरता पाउँछ भन्ने नै छ ।’

‘हाम्रो आफ्नो राजनीतिक पोजिशन भएपछि सुविधा अनुसार त्यसको व्याख्या गर्न पाइएन । हाम्रो पोजिशन यसले निरन्तरता पाउँछ भन्ने नै रह्यो । जुन जुन दलले यसले निरन्तरता पाउँछ भन्ने पोजिशन राखेका छन्, त्यो दलहरुले यो संसदमा आइसकेपछि त्यो विषय अघि बढाउनैपर्छ ।’

महामन्त्री थापाले पहिलाको संसदले विचाराधीन राखेको पूर्व प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताउनु भयो ।




भर्खरै