• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

पूर्व प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुन्छः महामन्त्री थापा



file

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

बहीवार संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस अघिको संसदमा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरुले पनि छलफलमा सहभागी बन्ने बताउनु भयो ।

उहाँले संसदको लाइबेरीलाई संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले संसदको लाइबेरीले सांसदको गुणस्तरलाई बढाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो संसदको लाइबेरीलाई हामीले यो संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्छ । त्यसले सांसदको गुणस्तरलाई बढाउन सकिन्छ । त्यसमा हामी काम गर्छौं । पूर्व प्रधानन्यायाधीश जबराको महाअभियोगको विषयले निरन्तरता पाउँछ भन्ने नै छ ।’

‘हाम्रो आफ्नो राजनीतिक पोजिशन भएपछि सुविधा अनुसार त्यसको व्याख्या गर्न पाइएन । हाम्रो पोजिशन यसले निरन्तरता पाउँछ भन्ने नै रह्यो । जुन जुन दलले यसले निरन्तरता पाउँछ भन्ने पोजिशन राखेका छन्, त्यो दलहरुले यो संसदमा आइसकेपछि त्यो विषय अघि बढाउनैपर्छ ।’

महामन्त्री थापाले पहिलाको संसदले विचाराधीन राखेको पूर्व प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताउनु भयो ।