७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका सांसद प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने



अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का सांसद एवं पूर्वमन्त्री प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने भएका छन् ‌।

सांसद यादवले सामाजिक सञ्जालमार्फत आफूले भोजपुरी भाषामा शपथ लिने बताएका हुन् । उनले मधेसको पहिचान तथा पहिरन झल्काउने धोती, कुर्ता, पगरी र गम्छा लगाएर भोजपुरी भाषामा शपथ लिने उल्लेख गरेका छन् ।

उनले भनेका छन्,–‘नेपाल के संघीय सांसद् के रुप मे आपन दुसरका कार्यकाल खातीर आज होके जा रहल सपथ ग्रहण में हम आपन मधेश के पहिचान आ पहिरन झलकावे वाला धोती, कुर्ता,पगरी और गम्छा लगा के भोजपुरी भाषा में सपथ लेवे जा रहल बानी ।’

यादव पर्सा क्षेत्र नम्बर १ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।