१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले रवीन्द्र मिश्र समूहबाट एकतामा सहभागी नेताहरुलाई दियो जिम्मेबारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रवीन्द्र मिश्र समूहबाट एकतामा आएका नेताहरुलाई जिम्मेबारी दिएको छ । राप्रपामा यसअघि नै मिश्रले वरिष्ठ उपाध्यक्षको जिम्मेबारी पाइसकेका छन् ।

मिश्र समूहबाट पार्टी एकतामा आएकालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समितिमा समेत समावेश गरेका छन् । उक्त समितिमा मिश्रसहित शरदराज पाठक, निरुपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्णबहादुर शाही तथा नारायण कोइरालालाई समावेश गरिएको छ ।

पाठकलाई महामन्त्री, उज्ज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनीलाई सहमहामन्त्री, हरिकृष्ण अधिकारी तथा सौरेन्द्रबहादुर शाहलाई सहायक महामन्त्रीको जिम्मेबारी तोकिएको छ ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मिश्र समूहका अर्जुनप्रसाद खनाल, हरिप्रसाद गौतम, उद्धवप्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीपकप्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन सिवाकोटी, लक्ष्मणराज सिटौला, सुशीला देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुसाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ र राजु बस्याल रहनुभएको छ ।

मिश्र समूहबाट केन्द्रीय सदस्य बन्नुभएकी लक्ष्मी घिमिरेलाई राप्रपाले समानुपातिक कोटाबाट बागमती प्रदेशसभाको सदस्यसमेत बनाएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार एकतामा आएका मिश्र समूहका नेताहरुलाई केहीअघि नै जिम्मेबारी दिइएको भए पनि चुनावी व्यस्तताका कारण सार्वजनिक गर्न ढिलाइ भएको थियो ।