८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मुलुकको अभिभावक बनेर काम गर्छुः ज्येष्ठ सदस्य सभामुख जबरा

मुलुकको अभिभावक बनेर काम गर्छुः ज्येष्ठ सदस्य सभामुख जबरा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सभामुखको पदभार ग्रहण गर्नुभएको छ ।

बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको थियो । त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले सभामुखको भुमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भुमिकालाई निष्पक्ष राख्ने बताउनु भयो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरुबीच समन्वयात्मक भुमिका निर्वाह गर्नेपनि बताउनु भयो । उहाँले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुखको भुमिका स्पष्ट छ । तटस्थ हुनुपर्छ । देशको भलोको लागि सबैको बीचमा समन्वयात्मक भुमिका निभाउनु पर्नेछ । सबैसँग समन्वय गरेर अघि बढ्नेछु । सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम गर्नेछु । केही दिनका लागि भएपनि मुलुकको अभिभावकको रुपमा देशलाई अघि बढाउन पहल गर्नेछु ।’

ज्येष्ठ सदस्य सभामुख जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताउनु भयो । राप्रपाका पूर्वअध्यक्ष समेत रहनुभएका ८१ वर्षीय जबरा प्रतिनिधि सभामा सबैभन्दा बढी उमेरको सांसद हुनुहुन्छ । गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीवार जबराले शपथग्रहण गराउनु हुनेछ । संसद्‍ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्‍को अध्यक्षता गर्नुहुनेछ ।