८ पुष २०८२, मंगलवार
,
Latest
एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट



अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणामा आएको छ ।

मंगलबार अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलु दूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी तुलसा बस्नेतले जानकारी दिइन् ।

आगलागीबाट चार घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एक घरमा आंशिक क्षति पुगेको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर जलेर नष्ट भएका छन् भने प्रणय राईको घरमा आंशिक क्षति भएको प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए ।

आगोलागीमा परेका अधिकांश घरमा पसल तथा होटल सञ्चालनमा थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।