१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट



अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणामा आएको छ ।

मंगलबार अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलु दूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी तुलसा बस्नेतले जानकारी दिइन् ।

आगलागीबाट चार घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एक घरमा आंशिक क्षति पुगेको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर जलेर नष्ट भएका छन् भने प्रणय राईको घरमा आंशिक क्षति भएको प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए ।

आगोलागीमा परेका अधिकांश घरमा पसल तथा होटल सञ्चालनमा थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।