• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति

मुलुकलाई स्थायी शान्तिमा लैजान देउवाको आवश्यक्ताः उपसभापति खड्का



काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताउनुभएको छ ।

मंगलबार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका उपसभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस, माओवादी, समाजवादी, नेकपा एमाले सहितलाई जोडेर साथमै सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताउनु भयो ।

उहाँले प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै रहेको भन्दै अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्नु नहुने बताउनु भयो । उहाँले आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वतः हुँदै जाने बताउनु भयो । उपसभापति खड्काले संसदीय दलको नेतामा सभापति देउवालाई जिताउन पनि युवा सांसदहरुसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजानु छ । त्यसका लागि काँग्रेस, माओवादी, समाजवादी, नेकपा एमाले सहितलाई जोडेर अहिलेको सरकार निर्माण गरेर प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव सबै खालको मिलाउनसक्ने कला सबै कारणले अहिलेका आवश्यक पार्टीका सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ ।

आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन हुनेछ । अरु नेतामा क्षमता नै छैन भन्ने होइन, जनतालाई आवश्यक नेतृत्व दिनसक्ने क्षमता देउवाजी नै हुनुहुन्छ । युवाहरुलाई म त भन्छु अझै संसदीय दलको नेता देउवाजीलाई सर्वसम्मत बनाऔँ । यो गठबन्धन निरन्तर अघि बढ्छ । यही गठबन्धनको नेतृत्वमा सरकार बन्छ ।’

उपसभापति खड्काले अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो ।