१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नेतृत्व कसले गर्ने र कस्तो सरकार बन्ने भन्ने अझै अन्योल छ– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म कसको नेतृत्वमा र कस्तो सरकार बन्ने भन्ने अन्योल रहेको बताउनुभएको छ ।

एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले अहिले गठबन्धनले मात्र सरकार बनाउन सक्ने अवस्था नरहेको बताउनुभयो ।

हिजो चार वटा राष्ट्रिय पार्टी रहेको अवस्थाबाट अहिले त्यो संख्या ७ पुगिसकेको भन्दै उहाँले भन्नुभयो, “सरकार गठन कस्तो हुन्छ भन्नेबारे अहिले कसैले पनि बोल्न सक्ने अवस्था छैन ।”

अध्यक्ष ओलीले अहिलेको गठबन्धन कुनै उद्देश्यले नभई स्वार्थ, लेनदेन र सेटिङमा रहेको भन्दै यस्तो हिसाबले सरकार गठन गर्ने पक्षमा एमाले नरहेको बताउनुभयो ।