२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा अहंकार भए सामना गर्न तयार छौँः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासाको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताउनु भयो । अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताउनु भयो । उहाँले आगामी सरकार गठबन्धनकै बन्ने आश गरेको पनि बताउनु भयो । अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार भए र उनीहरुलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो सरकार बन्ला भन्नेकुरा चासोको विषय छ । कसैले गैर वामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खाली पुलावमात्रै हो । कसैले बामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, अल्मल्याउने कुरा मात्रै हो । यस्ता कुरालाई हामी सहजै पत्याउन सक्दैनौँ । भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती हामी गर्दैनौँ । त्यसैले हामी गठबन्धनलाई कायम राख्नेछौँ । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौँ । गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार छ भने उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न पनि हामी तयार छौँ ।’

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको बताउनु भयो । उहाँले आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको बताउनु भयो । उहाँले यसको बिरुद्धमा विशाल वैचारिक अभियान चलाउनुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताउनु भयो ।भ्रष्टीकरणबिरुद्धमा आफ्नो पार्टीभित्र शुद्धीकरणको अभियान, सदृढिकरण, रुपान्तरणको अभियान चलाउनुपर्ने बताउनु भयो । उहाँले नेताहरु राति हुन नपाइ मद्यपान गरेर बस्ने र बोली नै बिगारेर बोल्ने गरेको आफूले पाएको भन्दै जनताको काम गर्न लागिपर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालको राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको छ । आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने छ । व्यक्तिवादी प्रवृत्ति हाबी बनेको छ । पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको छ । हामीले विशाल वैचारिक अभियान चलाउनुपर्नेछ । समाजवादको ध्येय र उद्देश्यबाट हामी किमार्थ विचलित हुन सक्दैनाँै । कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न सक्दैनौँ । भ्रष्टीकरणबिरुद्धमा हाम्रो पार्टीभित्र शुद्धीकरणको अभियान, सदृढिकरण, रुपान्तरणको अभियान चलाउनुपर्नेछ । साँझ पर्न पाएको छैन, रक्सीमा झुम्म हुने, फोन गरेको छ, बोली नै चेन्ज हुने यस्ता चिजहरु अन्देखा गर्न सकिँदैन । जनताको पीरमर्का भन्दा होटलमा गएर मोजमस्ती गर्ने प्रवृत्तिहरु देखापरिरहेका छन् ।’

अध्यक्ष नेपालले अहिलेको निर्वाचनमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरुले आफ्नो शक्ति आर्जन गर्नु चुनौतिको विषय भएको बताउनु भयो । उहाँले गणतन्त्रका बिरुद्धमा राजतन्त्रलाई फेरि पुनः स्थापित गर्नेकुराको पक्षमा कुनै कदम नचाल्न चेतावनी दिनुभयो । उहाँले समस्या भन्ने भन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्नेकुराको खोजि गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको यो सन्दर्भमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरुले आफ्नो शक्ति आर्जन गरेका छन्, यो शक्ति आर्जन गर्नेकुरा चुनौतिको विषय हो । गणतन्त्रका बिरुद्धमा राजतन्त्रलाई फेरि पुनः स्थापित गर्नेकुराको पक्षमा यदी कुनै खालको पनि कदम चालिन्छ भने त्यसका बिरुद्धमा दृढताकासाथ अग्रपंक्तिमा हामीले उभिनुपर्छ । २०६२,०६३ मा सहजै परिवर्तन भएको होइन । जनताको विश्वास लिएर हामीले अवस्था परिवर्तन गरेका हौँ । इतिहासलाई नबिर्सिनुहोस् हामी जिउँदै छौँ । समस्या के छन पहिचान गर्नुहोस्, समाधान खोज्नुहोस्, गुनासो मात्रै गर्नु हुँदैन ।’

अध्यक्ष नेपालले मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै भ्रष्टाचार गर्ने कोहीपनि नेतालाई पार्टीले छुट नदिने बताउनु भयो । उहाँले अहिले गठबन्धनकै भरमा चुनाव लडेको भन्दै सिट विभाजनमा आफ्नै गुनासा भएपनि निर्वाचनको आवश्यक समीक्षा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा आफ्नो पार्टीको विशेष अर्थ भएको बताउनु भयो । उहाँले गठबन्ध्नमा अरु सबै पार्टीले नोक्शानी व्यहोरे पनि काँग्रेसले फाइदा लिएको बताउनु भयो ।