८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गठबन्धनमा अहंकार भए सामना गर्न तयार छौँः अध्यक्ष नेपाल

गठबन्धनमा अहंकार भए सामना गर्न तयार छौँः अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासाको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताउनु भयो । अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताउनु भयो । उहाँले आगामी सरकार गठबन्धनकै बन्ने आश गरेको पनि बताउनु भयो । अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार भए र उनीहरुलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो सरकार बन्ला भन्नेकुरा चासोको विषय छ । कसैले गैर वामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खाली पुलावमात्रै हो । कसैले बामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, अल्मल्याउने कुरा मात्रै हो । यस्ता कुरालाई हामी सहजै पत्याउन सक्दैनौँ । भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती हामी गर्दैनौँ । त्यसैले हामी गठबन्धनलाई कायम राख्नेछौँ । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौँ । गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार छ भने उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न पनि हामी तयार छौँ ।’

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको बताउनु भयो । उहाँले आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको बताउनु भयो । उहाँले यसको बिरुद्धमा विशाल वैचारिक अभियान चलाउनुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताउनु भयो ।भ्रष्टीकरणबिरुद्धमा आफ्नो पार्टीभित्र शुद्धीकरणको अभियान, सदृढिकरण, रुपान्तरणको अभियान चलाउनुपर्ने बताउनु भयो । उहाँले नेताहरु राति हुन नपाइ मद्यपान गरेर बस्ने र बोली नै बिगारेर बोल्ने गरेको आफूले पाएको भन्दै जनताको काम गर्न लागिपर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालको राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको छ । आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने छ । व्यक्तिवादी प्रवृत्ति हाबी बनेको छ । पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको छ । हामीले विशाल वैचारिक अभियान चलाउनुपर्नेछ । समाजवादको ध्येय र उद्देश्यबाट हामी किमार्थ विचलित हुन सक्दैनाँै । कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न सक्दैनौँ । भ्रष्टीकरणबिरुद्धमा हाम्रो पार्टीभित्र शुद्धीकरणको अभियान, सदृढिकरण, रुपान्तरणको अभियान चलाउनुपर्नेछ । साँझ पर्न पाएको छैन, रक्सीमा झुम्म हुने, फोन गरेको छ, बोली नै चेन्ज हुने यस्ता चिजहरु अन्देखा गर्न सकिँदैन । जनताको पीरमर्का भन्दा होटलमा गएर मोजमस्ती गर्ने प्रवृत्तिहरु देखापरिरहेका छन् ।’

अध्यक्ष नेपालले अहिलेको निर्वाचनमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरुले आफ्नो शक्ति आर्जन गर्नु चुनौतिको विषय भएको बताउनु भयो । उहाँले गणतन्त्रका बिरुद्धमा राजतन्त्रलाई फेरि पुनः स्थापित गर्नेकुराको पक्षमा कुनै कदम नचाल्न चेतावनी दिनुभयो । उहाँले समस्या भन्ने भन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्नेकुराको खोजि गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको यो सन्दर्भमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरुले आफ्नो शक्ति आर्जन गरेका छन्, यो शक्ति आर्जन गर्नेकुरा चुनौतिको विषय हो । गणतन्त्रका बिरुद्धमा राजतन्त्रलाई फेरि पुनः स्थापित गर्नेकुराको पक्षमा यदी कुनै खालको पनि कदम चालिन्छ भने त्यसका बिरुद्धमा दृढताकासाथ अग्रपंक्तिमा हामीले उभिनुपर्छ । २०६२,०६३ मा सहजै परिवर्तन भएको होइन । जनताको विश्वास लिएर हामीले अवस्था परिवर्तन गरेका हौँ । इतिहासलाई नबिर्सिनुहोस् हामी जिउँदै छौँ । समस्या के छन पहिचान गर्नुहोस्, समाधान खोज्नुहोस्, गुनासो मात्रै गर्नु हुँदैन ।’

अध्यक्ष नेपालले मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै भ्रष्टाचार गर्ने कोहीपनि नेतालाई पार्टीले छुट नदिने बताउनु भयो । उहाँले अहिले गठबन्धनकै भरमा चुनाव लडेको भन्दै सिट विभाजनमा आफ्नै गुनासा भएपनि निर्वाचनको आवश्यक समीक्षा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा आफ्नो पार्टीको विशेष अर्थ भएको बताउनु भयो । उहाँले गठबन्ध्नमा अरु सबै पार्टीले नोक्शानी व्यहोरे पनि काँग्रेसले फाइदा लिएको बताउनु भयो ।