• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ?

पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएका छौँः पशुपति समशेर जबरा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताउनुभएको छ ।

सोमवार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताउनुभएको हो ।

उहाँले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडी बढाउन नसकिने बताउनु भयो । ठुला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको उहाँले बताउनु भयो । उहाँले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने बताउनु भयो ।

जबराले भन्नुभयो – ‘नेपाल अहिलेको ढंगबाट चलेर अगाडी बढाउन सक्दैन । नेपाललाई जुन मौका अहिले हासिल छ त्यो मौका अनुसार ठूला पार्टीबाट काम गर्ने शक्ति उनीहरुसित छैन । त्यो शक्ति नयाँ शक्ति परम्परा र पुरानो विश्वाससहित एउटा नयाँ नयाँ तरिकाबाट मुलुकलाई सञ्चालन गर्ने त्यो क्षमता संसदबाट देखाउन अब राप्रपा अगाडी बढ्छ । राप्रपा पुरानो विचार मात्र होइन । राप्रपा नयाँ जोश, नयाँ उत्साहसाथ संसदमा गएको छ । अहिले मुलुकवादको तर्फबाट, नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना पार्टीहरुलाई खबरदार गर्न राप्रपा आएको छ । त्यो खबरदार मामुली ढंगको हुँदैन ।’

जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने बताउनु भयो । उहाँले आफूहरुले भोलिको नेपाल कस्तो हुनसक्छ भन्नेकुरा संसदमा प्रदर्शन गरेर देखाउने बताउनु भयो ।