८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

वाम लोकतान्त्रिक/गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ: अध्यक्ष नेपाल

वाम लोकतान्त्रिक/गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ: अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम–लोकतान्त्रिक–गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा यहाँ आज आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थीको सहकार्य भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको बताउँनुभयो । उहाँले गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाएको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले देश, जनता र समाजको रुपान्तरण गर्ने सङ्कल्पसहित नवनिर्वाचित जनप्रतिनिधिलाई भूमिका निर्वाह गर्न उहाँले निर्देशन दिनुभयो । नीति र कार्यक्रमका आधारमा सरकार बनाउनुपर्ने भन्दै उहाँले पार्टीका तर्फबाट निर्वाचित कुनै पनि तहका जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भएमा कारवाही गरिने प्रष्ट पार्नुभयो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा राजनीतिक उपलब्धिको रक्षा, राजनीतिक स्थायित्व र स्थिरताका लागि निर्माण भएको गठबन्धनले नै सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीले अवलम्बन गरेका आदर्श अवलम्बन गर्दै जनाधिकार स्थापनाका लागि सडक सदनबाट पनि जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

महासचिव डा बेदुराम भुसालले जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिँदै देशभर सङ्गठन सुदृढीकरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो । पार्टीको संसदीय दलको नेता चयनका लागि आज बैठक बस्दैछ । सो बैठकपछि सचिवालय बैठक पनि बस्नेछ ।