८ भाद्र २०८३, सोमबार
,
Latest
चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार कांग्रेस संसदीय दलको निर्वाचन हुने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार बिहान निर्वाचन हुने भएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले निर्वाचन समिति गठन गरेको थियो । बुधबार बिहान निर्वाचन गराउने तयारीस्वरुप सोमबार बिहान उक्त निर्वाचन समितिको बैठक बसेको थियो ।

समितिकी सदस्य पुष्पा भुसालका अनुसार संसदीय दलको नेता निर्वाचन बुधबार बिहान ८ बजे देखि गर्ने तयारी भइरहेको छ ।

“कार्यसम्पादन समितिको निर्णयबोजिम हामी जतिसक्दो छिटो निर्वाचन सम्पन्न गरेर दलको नेता चयन गर्ने गरी छलफल सुरु गरेका छौँ, बुधबार बिहान चुनाव गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा भुसाल र अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र सरकार गठनको आह्वान गरेसँगै कांग्रेसभित्र चाँडोभन्दा चाँडो संसदीय दलको नेता चयन गर्नुपर्ने अवस्था आएको छ ।

गठबन्धन दलहरुबीच संसदीय दलको नेता चयन भएपछि मात्र शक्ति बाँडफाँट गर्ने समझदारी भएअनुसार कांग्रेसले सांसदहरुले सपथ ग्रहण गर्नुअघि नै संसदीय दलको चुनाव गर्न लागेको हो ।

कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिए निर्वाचन प्रक्रियामा जानुपर्ने संसदीय दलको विधानमा उल्लेख छ । कांग्रेसमा संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

संसदीय दलको नेता चयन गर्न कांग्रेसको प्रतिनिधिसभामा ८९ सदस्य रहेका छन् ।