८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’

आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’
अ अ+ अ-

रामपुर (पाल्पा) । कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् । जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनःनिर्माण गरिएपछि सबैलाई लोभ्याएको छ ।

कलात्मक शैलीमा पुरानै स्वरुपमा बनाइएको धर्मशाला यतिबेला सामाजिक सञ्जाल, टिकटक, फेसबुकमा चर्चा बढ्दै गएको छ । आकर्षक बुट्टा भरेर चिटिक्क परेको धर्मशाला साथीहरुसँग अवलोकन गर्दै टिकटक बनाउन, फोटो तथा भिडियो खिच्न आएको कृष्णकला श्रेष्ठले बताउनुभयो ।

“हेर्दै आकर्षक खालको धर्मशाला बनेको छ, पुराना काष्ठकलाको प्रयोग गरिएको हुँदा यसले सबैलाई लोभ्याएको छ, रामपुरमा परम्परागत शैलीमा सबैलाई आकर्षित बनाउने संरचना तयार भएको छ”, उहाँले भन्नुभयो । रामपुर नगरपालिका–४ स्थित खोप्टारमा रहेको धर्मशाला हालसालै पुनः निर्माणको संरचना तयार भएपछि अवलोकन गर्नकै निम्ति आन्तरिक पर्यटक पुग्दछन् । यहाँ विवाहको बेहुला बेहुली फोटो तथा भिडियो कैद गर्न आउने गरेको स्थानीय जयन्ती घिमिरे बताउनुहुन्छ । विहान उज्यालो भएदेखि राति अबेरसम्म धर्मशालामा आउने जाने क्रम चलिरहेको घिमिरेले बताउनुभयो ।

कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशालामा २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । त्यसको पौराणिक अस्तित्व बचाइ राख्न पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो । लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला ९गुठी० का रुपमा सञ्चालन हुँदै आएको थियो । पुरातत्व विभागको विशेष पहलमा करिब रु तीन करोड छ लाख ५३ हजारको लागतमा पुनः निर्माण गरिएको छ ।

पुरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो । पहिला झिँगटीले छाइएको थियो भने अहिले लामो समयसम्म झिँगटीले काम नगर्ने भएपछि जस्तापाताले छाइएको छ । चन्द्रमा, सूर्य आकारका विभिन्न बुट्टाले भरिएका छन् । सुर्की, इँटा, ढुङ्गा, काठले तयार पारिएको छ ।

श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी भदौदेखि निर्माण कार्य सुरु गरेको हो । विसं २०८० असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम सकेको छ । संरचना निर्माणको काम सम्पन्न भएपछि अहिले अवलोकन गर्न आउनेको दैनिक भीड लागेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सङ्ग्रहालयका रुपमा स्थापित गर्न संरचना तयार पारिएको हो, गाउँघरमा पहिले प्रयोगमा आएका पुराना सामग्री केही हामीसँग छन् भने बाँकी सामग्री सङ्कलन गरेर राख्ने तयारी गरिरहेका छौँ ।” अध्यक्ष रेग्मीका अनुसार धर्मशालाको रङरोगनको काम बाँकी रहेकाले सो काम नसक्दासम्म अवलोकनमा निःशुल्क व्यवस्था गरिएको छ भने आउँदो पुस ११ गतेपछि केही शुल्क कायम गरेर अवलोकन गर्ने प्रबन्ध मिलाइनेछ । रामपुरलाई चिनाउने धर्मशालालाई संरक्षण गर्दै पूरानै शैलीमा तयार पारिएको हुदा सबै उमेर समूहलाई आकर्षित बनाइरहेको छ ।

सङ्ग्रहालयका रुपमा विकास गर्ने गरी संरचना तयार पारिएको हँुदा स्थानीय सरोकारवालाको छलफल बसेर यसलाई प्रयोगमा ल्याउने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “रामपुरको यो ऐतिहासिक धार्मिक सम्पदा रामपुरको गहनाको रुपमा रहेको छ, पुराना चलनचल्तीमा आएका तर अहिले लोपोन्मुख अवस्थामा रहेका सामग्रीलाई सङ्कलन गरेर धर्मशालामा राख्नेछौँ, यसको रेखदेख प्रयोग र सञ्चालनको जिम्मेवारी सरोकारवालाको छलफलले तोकेपश्चात् प्रयोगमा ल्याउनेछौँ”, नगर प्रमुख थापाले भन्नुभयो ।

करिब एक रोपनी क्षेत्रफलमा धर्मशाला निर्माण गरिएको छ । यहाँ शौचालय, चारैतिर पर्खाल लगाउने काम बाँकी छ । यस धर्मशालालाई पार्टी भवनका नामले बढी चिनिन्छ । सो सम्पदा विसं १८८९ भन्दा अघि निर्माण भएको ताम्रपत्रमा उल्लेख छ । यहीँ पार्टी भवनअर्थात् धर्मशालामा विसं २०२५ मा स्थापना भएको रामतुलसी मावि आठ महिना सञ्चालन भएको बुढापाका बताउँछन् ।

पौराणिकतालाई प्राथमिकता दिँदै काठमाडौँदेखि निर्माण सामग्री ल्याएर पुरानै शैलीमा संरचना तयार पार्न अनुभवी विज्ञ कामदार खटाइएको थियो । पुराना सांस्कृतिक, धार्मिक सम्पदाले नगरको पहिचान बनाउने र परिचालन राम्रोसँग गर्न सकियो भने उत्कृष्ट धार्मिक पर्यटकीयस्थलका रुपमा चिनाउन सकिन्छ ।

विसं १८७९ मा साविक रामपुर गाविस–८ का समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको थियो । तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो । तत्कालीन समयमा बाटोमा हिँड्दा बटुवाका लागि बाँस बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो ।

टाढाको गन्तव्य तय गर्ने र दिनहुँ हिँड्नुपर्दा बीचमा बाँस बस्ने व्यवस्था नहुँदा यही धर्मशालामा रात बिताउने र भोलिपल्ट आफ्नो गन्तव्यतर्फ लाग्ने गर्दथे । पछिल्ला वर्षमा सडक सुविधा, घर बस्ती बढेसँगै धर्मशाला प्रयोगविहीन भएपछि संरक्षणमा कसैको ध्यान जान सकेको थिएन । विसं २०७२ को भूकम्पले यसलाई क्षति गरेपछि यो जीर्ण थियो । पुरानै शैलीमा निर्माण गरिँदा नयाँ पुस्ताले पूराना कुरा सिक्ने र बुझ्ने अवसर दिलाउन जिर्णो धर्मशाला पुनःनिर्माण गरिएको हो ।

धर्मशालासँगै त्यस आसपासमा लक्ष्मीनारायण गुठी सञ्चालन समितिको नाममा झण्डै दश रोपनी जग्गा छ । रेग्मी परिवारका सदस्यबाट मात्रै सञ्चालन हुँदै आएको यस लक्ष्मीनारायण गुठी समुदायलाई हस्तान्तरण गरेपछि पनि पछिल्ला वर्षमा संरक्षणविहीन हुन पुगेको हो । गुठीमा पहिले टाढाका बटुवा तथा तीर्थयात्री दैनिक ३० जनाभन्दा बढी बाँस बस्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

ठूला सहर, भारतमा रोजगारी, अध्ययन या अन्य कुनै कामले यसतर्फ जाने रात परेपछि यहीँ बास बस्ने गर्दथे । बटौली ९हालको बुटवल० बजारमा सामान लिन जानेका लागि पनि यहीँ धर्मशाला बास बस्ने ठाउँ थियो । यहाँ बास बस्नेलाई खाना र बासको राम्रो प्रबन्ध थियो । पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालीन समयमा राजदरबारकै रुपमा चिनिने गरिन्थ्यो ।

गाउँघरमा पछिल्ला समय पुराना धार्मिक सम्पदा मास्ने क्रम बढिरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दैछन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ । ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा अस्तित्व नै नरहने गरी विभिन्न ठाउँठाउँमा हटाउन थालिएको छ । रामपुरमा भने पुराना धार्मिक सम्पदालाई जोगाउन धेरै रकम खर्चिएर पुरानैस्वरुप दिइएको छ ।
–––