८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गण्डकी प्रदेश: कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

गण्डकी प्रदेश: कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल
अ अ+ अ-

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो । बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान गर्नुहुने मतदातालाई धन्यवाद व्यक्त गरेको छ ।

निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक र अन्य सङ्घ संस्थाले पु¥याएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै बैठकले निर्वाचित उम्मेदवार आम मतदाताको भरोसा र आकांक्षालाई पूरा गर्ने, देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेको छ ।

निर्वाचनमा गण्डकी प्रदेशभित्रका जिल्लामा भएका गतिविधिका बारेमा व्यापक छलफल भई निर्वाचनका सन्दर्भमा भएका कमी कमजोरीका विषयमा जिल्लाबाट प्रतिवेदन प्राप्त भइसकेपछि समिक्षा गर्न आवश्यक भएको महसुस गर्दै आगामी बैठकमा यस विषयमा समीक्षा गर्ने निर्णय गरेको बरालले जानकारी दिनुभयो ।

प्रदेशमा कांग्रेसका तर्फबाट गण्डकी प्रदेशमा प्रतिनिधिसभामा दिइएका १२ जना उम्मेदवारमध्ये १० जना र प्रदेशसभाको सदस्यमा दिएका २१ जनामध्ये १८ जना विजयी भएको र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ नौजना निर्वाचित भएको भन्दै कांग्रेसका उम्मेदवारले प्राप्त गरेको विजयमा अपेक्षाकृत सफलता प्राप्त भएकोमा बैठकले खुसी व्यक्त गरेको छ ।

प्रदेशसभामा पार्टीको संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने र यसका लागि नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ४ को ३ मा प्रदेश समितिले बनाएको निर्वाचन समितिले निर्वाचनको प्रक्रिया निर्धारण तथा निर्वाचन सम्पन्न गर्ने छ भन्ने प्रावधान रहेकाले नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि निर्वाचन समिति बनाउन पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी अनुशासनमा नरही पार्टीका उम्मेदवारलाई असहयोगी भूमिका गर्ने कार्यकर्ताको बारेमा वडा, प्रदेश, क्षेत्र, जिल्ला, प्रदेश तहबाट प्रतिवेदन माग गर्न अनुशासन समितिलाई निर्देशन दिँदै समितिले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका नेपाली कांग्रेसका विजयी उम्मेदवारलाई उपयुक्त समयमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको पार्टीका प्रवक्ता माधवप्रसाद बास्तोला९मधु०ले जानकारी दिनुभयो ।

पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको विशेष उपस्थिति रहेको उहाँले बताउनुभयो ।
रासस