३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपः कसले कुन अवार्ड जिते ?



अ+ अ-

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल रह्यो ।

कतारको दोहास्थित लुसेल रङ्गशालामा गएराति भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो ।

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ गरी दुई पटक उपाधि जितिसकेको छ ।

अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिलाएका लियोनल मेसीले प्रतियोगितामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै गोल्डेन बल प्राप्त गरे ।

प्रतियोगितामा सबैभन्दा धेरै आठ गोल गरेका फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाए । उनले प्रतियोगिताका सात खेलमा आठ गोल गरेका थिए ।

उनले मेसीलाई पछि पार्दै गोल्डेन बुट पाएका हुन् । मेसीले सात खेलमा सात गोल गरेका थिए ।

साथै अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज उत्कृष्ट गोलरक्षक भए भने ‘योङगेष्ट प्लेयर’ एन्जो फर्नान्डेज भए ।