२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछुः पशुपति समशेर जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताउनुभएको छ ।

आईतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका बिरुद्धमा आवाज उठाउने बताउनुभएको हो । उहाँले संसदमा आफूहरुको राष्ट्रवादी भुमिका हुने उल्लेख गर्नुभयो । उहाँले देशलाई अरुले धेरै तल झारेको भन्दै आफूहरुले संसदबाट नेपाल र नेपाली जनतालाई माथि पु¥याउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबभन्दा पहिला राष्ट्रवादी अनि यो मुलुकको भ्रष्टाचारबारे, घुसखोरीबारे हामी एकदम आवाज उठाउँछौँ । यो मुलुकलाई धेरै तल झारेका छन् । त्यसैले हाम्रो चेष्टाबाट, हामी सरकारमा नभएपनि संसदमा हुन्छौँ । संसद बाट नेपाल र नेपाली जनतालाई माथि पु¥याउछौँ ।’

त्यस्तै नेकपा (एमाले) को तर्फबाट वागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा. दिनेश देवकोटाले प्रदेशलाई सबलीकरण गर्नका लागि आफूले भुमिका खेल्ने बताउनु भयो । उहाँले भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रदेश सभा सदस्य देवकोटाले सरकारले पछिल्लो पटक अध्यादेश ल्याएर लोकतन्त्रलाई उपहास गर्न खोजेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास गर्न खोजेको हो । काम चलाउ सरकारले अध्यादेश ल्याउनु प्रजातन्त्र र लोकतन्त्रलाई नै खिल्ली उडाउने खालको काम हो । संघीयतालाई आक्रमण गर्नेगरी मान्छेहरु लागेका छन् । प्रदेशलाई सवलीकरण गर्नेगरी मेरो बुद्धि विवेक र अनुभव प्रयोग हुनेछ ।’

जनता समाजवादी पार्टीको तर्फबाट मधेस प्रदेशमा निर्वाचित प्रदेश सभा सदस्य मनिष सुमनले संघीयता र प्रादेशिक व्यवस्थालाई थप बलियो बनाउन लाग्ने बताउनु भयो । उहाँले कुनैपनि वर्ग, जाती, क्षेत्र र लिङ्गको आधारमा हुने विभेदको अन्त्य गराउन लागिपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘आगामी पाँच वर्ष भित्र संघीयतालाई, प्रादेशिक व्यवस्थालाई थप बलियो, थप सुसंगठित बनाउनको लागि जसपाको तर्फबाट म लगायत सबै सांसद साथीहरु अग्रसर रहनुहुनेछ । प्रदेशलाई थप बलियो बनाउने । हाम्रो मुख्य ध्येय । यो मुलुकमा कसैलाई वर्गको आधारमा, जातको आधारमा, क्षेत्र, लिङ्गको आधारमा विभेद नगरियोस् । विभेदमुक्त देश बनाउने । देशमा हुने सबै समस्या समाधानका लागि हामी लागि पर्नेछौँ ।’

उहाँले देशमा हुने सबै प्रकारको समस्या समाधानका लागि आफुहरु लागिपर्ने बताउनु भयो ।