८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चिया बेचेर रु ६० हजार बचत गर्दै विपना

चिया बेचेर  रु ६० हजार बचत गर्दै विपना
अ अ+ अ-

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ ।

यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उहाँले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आउनुभएको छ ।

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्नुहुन्छ । बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्नुहुन्छ । “चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ”, उहाँ भन्नुहुन्छ, “घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छ । ” विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताउनुभयो ।

माध्यमिक शिक्षा परीक्षा ९एसइई० पछि उहाँ पढ्नका लागि तम्घास आउनुभएको हो । उहाँले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काउनुभयो । यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोच्नुभयो । उहाँको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गर्नुभयो । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गर्नुभयो । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उहाँले निरन्तर चिया बेचिरहनुभएको छ ।

अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उहाँले बताउनुभयो । “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ”, उहाँ भन्नुहुन्छ, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन”, उहाँले भन्नुभयो । तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उहाँको भनाइ छ ।

आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उहाँले बताउनुभयो । उहाँ बिहान ६ बजे बजारमा चिया बेच्न निस्कनुहुन्छ । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्कनुहुन्छ । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताउनुभयो । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ ।

उहाँलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।

उहाँ उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आउनुभएको छ । उहाँले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताउनुभयो । विपनाका बुवा हरिबहादुर कृषक हुनुहुन्छ भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका हुनुहुन्छ । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ ।

विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिनुहुन्छ । उहाँले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताउनुभएको छ । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उहाँको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै हुनुहुन्छ । रासस