२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपः मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो ।

क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरे । क्रोएसियाका अच्रफ दारीले एक गोल फर्काए ।

खेलको ७ औं मिनेटमा भार्डीओललेगोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले हेडरमार्फत गोल गरे । तर, त्यसको दुई मिनेटपछि नै अर्थात् ९ औं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १-१ को बराबरीमा ल्याए ।

४२ औं मिनेटमा ओर्सिचले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल क्रोएसियाको पक्षमा गयो ।

झण्डै एक महिना चलेको फिफा विश्वकप आइतबार सकिँदैछ । आइतबार उपाधिका लागि अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।