१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपः मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो ।

क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरे । क्रोएसियाका अच्रफ दारीले एक गोल फर्काए ।

खेलको ७ औं मिनेटमा भार्डीओललेगोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले हेडरमार्फत गोल गरे । तर, त्यसको दुई मिनेटपछि नै अर्थात् ९ औं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १-१ को बराबरीमा ल्याए ।

४२ औं मिनेटमा ओर्सिचले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल क्रोएसियाको पक्षमा गयो ।

झण्डै एक महिना चलेको फिफा विश्वकप आइतबार सकिँदैछ । आइतबार उपाधिका लागि अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।