८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छः उपसभापति गुरुङ

संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छः उपसभापति गुरुङ
file
अ अ+ अ-

बुटवल । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको बताएका छन् । दलको नेता बन्नका लागि नेताहरूबीच प्रतिस्पर्धा भइरहे पनि कसलाई बनाउने भन्ने विषयमा अझै टुङ्गो नलागेको उनको भनाइ छ ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ (काउन)को चौथो राष्ट्रिय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै उनले संसदीय दलको नेतामा व्यक्तिभन्दा पनि एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताए । “प्रधानमन्त्री दाबी गर्न जति सजिलो छ, प्रधानमन्त्री बनेर काम गर्न त्यति सजिलो छैन”, उनले भने, “एजेण्डा बोकेपछि गन्तव्यमा अवश्य पुगिन्छ ।”

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङले प्रधानमन्त्रीका लागि दाबी गरिरहेका नेताहरु आफ्नो सम्पत्ति छानविन गर्न तयार हुन आग्रह समेत गरे ।

काउनको राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्य, पूर्वअध्यक्ष खिलानाथ दाहाल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणलगायतले शुभकामना व्यक्त गरेका थिए ।

भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । कुल ६३ जिल्लामा सङ्गठन रहेको काउनको यो महाधिवेशनमा प्रतिनिधि पर्यवेक्षक गरी तीन सय ५० बढी सहभागी रहेको काउनका केन्द्रीय अध्यक्ष जवि गुरुङले जानकारी गराए ।

उनले अहिले समग्र श्रम आन्दोलन जटिल अवस्थामा रहेको बताउँदै समान काम समान ज्यालालगायतका मुद्दा पेचिलो बन्दै गएको बताउँदै कार्यान्वयनमा जोड दिए ।