१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटी भूकम्प पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डोटीका भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

महानगरले विपद व्यवस्‍थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गरेको हो ।

कात्तिक २३ गते गएको भूकम्पले त्रिपालमा रात काट्न बाध्य भएपछि सहयोग माग्दै पीडितहरूले महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेट गरेका थिए । यसरी पीडितहरू भेट्न आएपछि महानगरले आर्थिक सहयोग गरेको हो ।

मेयर शाहले भने – ‘महानगरको विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौं । यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सीमाहरू छन्,’

डोटीमा कात्तिक २३ गते गएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घर–टहरा भत्काएको थियो ।