३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटी भूकम्प पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डोटीका भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

महानगरले विपद व्यवस्‍थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गरेको हो ।

कात्तिक २३ गते गएको भूकम्पले त्रिपालमा रात काट्न बाध्य भएपछि सहयोग माग्दै पीडितहरूले महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेट गरेका थिए । यसरी पीडितहरू भेट्न आएपछि महानगरले आर्थिक सहयोग गरेको हो ।

मेयर शाहले भने – ‘महानगरको विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौं । यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सीमाहरू छन्,’

डोटीमा कात्तिक २३ गते गएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घर–टहरा भत्काएको थियो ।