८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

युवराज सफलले दिए प्रधानमन्त्रीसमक्ष निवेदन, उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनको माग

युवराज सफलले दिए प्रधानमन्त्रीसमक्ष निवेदन, उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनको माग
अ अ+ अ-

काठमाडौँ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष मुलुकी अपराध संहिताको संशोधन र उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनको मागसहित निवेदन दिएका छन् ।

नेता सफलले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद –१८ करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (२)संशोधन र उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनका लागि शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई निवेदन लेखेका हुन् ।

‘संवैधानिक व्यवस्थाले नै १६ बर्ष उमेर पुगेका पुरुष र महिलालाई समान रुपमा नागरिक मानेको र उनीहरुलाई समान रुपमा नै नागरिकता लिने दिने व्यवस्था गरेको भएतापनि मलुकी अपराध संहिता २०७४ को परिच्छेद–१८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उप दफा (२)मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि १८ बर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती बलात्कार गरेको मानिनेछ भनेर उल्लेख भएको छ ।’ उनले निवेदनमा भनेका छन् – ‘माथि उल्लेखित प्रावधान हेर्दा सो प्रावधान संविधानको मर्म ,भावना र व्यवस्थाको विरुद्धमा भएको र त्यस्ले भ्रम सिर्जना गरेको प्रष्ट देखिन्छ । तसर्थ त्यसलाई निम्नानुसार संशोधन गर्न आवश्यक देखिएकोले सोही बमोजिम सरकारबाट अध्यादेश ल्याई संशोधन गर्नुहुन समाजवादी केन्द्र नेपालको सर्वोच्च नेताको हैसियतमा आग्रह गर्न चाहन्छु ।’

यस्तै, कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि १६ बर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती बलात्कार गरेको मानिनेछ भन्ने व्यवस्था राख्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

उनले अध्यादेशको आधारमा तत्काल नायक पल शाह र क्रिकेटर सन्दिप लामिछानेलाई तत्काल जेलमुक्त गरी क्रमश नेपाली सिने क्षेत्र र नेपाली क्रिकेट क्षेत्रको विकास गरी अन्तर्राष्ट्रिय रुपमा नेपाल र नेपालीलाई चिनाउने कार्यमा सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

‘नेपालका उच्च पदस्थ व्यक्तिहरुले कानुन विपरित दोहोरो नागरिकता ,पिआर ,ग्रिनकार्ड लिएको आशंका बेलाबखत गरिन थालेकोले अमेरिका ,बेलायत लगायत देशमा सम्पर्क गरी त्यस्तो सुविधा लिने नागरिकको विवरण तत्काल झिकाई त्यस्तो गतिविधिमा संलग्नहरुलाई कारबाही गरी कानुनी दायरामा ल्याउन समेत माग गर्दछु ।’ उनले निवेदनमा भनेका छन् ।