८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सञ्‍चारमाध्यमले सरकारको स्तुतिगान मात्रै गाउनु हुँदैनः मन्त्री कार्की (भिडियोसहित)

सञ्‍चारमाध्यमले सरकारको स्तुतिगान मात्रै गाउनु हुँदैनः मन्त्री कार्की (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ ।

शुक्रवार द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमहरुले सरकारको स्तुतिगान मात्रै गाउनु नहुने बताउनुभएको हो । उहाँले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुतिगान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गर्नुभयो । सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उहाँको आग्रह छ ।

उहाँले पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रुपमा स्थापित गराउन अनुरोध गर्नुभयो । मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताउनु भयो । प्रेस स्वतन्त्रताको नाममा विसंगतिहरु देखिएको भन्दै उहाँले त्यसतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामी प्रेस स्वतन्त्रतालाई केन्द्रमा राख्छौँ तर प्रेस स्वतन्त्रताका नाममा जुन किसिमका विसंगतिहरु देखा परिराखेका छन् त्यसलाई पनि हामीले मध्यनजर गरेर अगाडी बढ्न सकेनौँ भनेदेखि त्यसले समाजमा पारेको प्रभावको बारेमा पनि हामी सचेत हुन जरुरी छ । मैले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि गोरखापत्र र राइजिङ नेपाल जो सरकारी मुखपत्रको रुपमा पनि यसलाई लिइन्छ र कुनै न कुनै रुपमा त्यो बास्तविकता पनि हो ।

किनभने विश्वसनीय समाचार समाज र नागरिकले खोजेको छ । तर यसलाई सरकारको स्तुतिगान गर्ने पत्रिकाको रुपमा नलानुस् । जे सत्य, तथ्य छ जे निष्पक्ष छ त्यतातर्फ ध्यान दिनुस् भनेर मैले सबै यहाँको नेतृत्व वर्गलाई आग्रह गर्दै आएको छु र आगामी दिनमा पनि यि प्रकाशनहरुले नेपाली आवाजलाई प्रतिनिधित्व गर्ने र पत्रपत्रिका खोज्दाखेरी केवल ठेक्काका विज्ञापनका निम्ति मात्रै होइन समाचारको निमित्त पनि विश्वसनीय पत्रिकाका रुपमा गोरखापत्र र राइजिङ नेपाललाई जनताले त्यो दृष्टिले हेर्ने पत्रिकाका रुपमा यसलाई विकसित गर्न तपाईहरु सबैको ध्यान पुगोस् ।’

मन्त्री कार्कीले स्वतन्त्र पत्रकारिताको निम्ति नेपाललाई दक्षिण एशियामा नै चिनाउनुपर्ने बताउनु भयो । संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रुपमा उपयोग गर्ने मुलुकको रुपमा नेपाललाई दक्षिण एसियामा नै चिनाउनेगरी काम गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो – ‘यहाँको समाज स्वतन्त्रताबाट सुसज्जित भएर दक्षिण एशियामा नै स्वतन्त्र पत्रकारिताका निमित्त, अभिव्यक्ति स्वतन्त्रताका निमित्त हामीले संविधानमा जुन नागरिकका हक स्वतन्त्रताका बारेमा जुन व्यवस्था गरेका छौँ त्यसको पूर्ण रुपले उपयोग गर्ने मुलुकको रुपमा दक्षिण एशियामा नेपाल चिनिन सकोस् र दक्षिण एशियामा नेपाललाई त्यस दिशामा अग्रसर गराउन हामी सकुँ । त्यस दिशामा पत्रकार मित्रहरुको ध्यान पुगोस् भन्ने म यहाँहरुलाई आग्रह गर्न चाहन्छु ।’

उहाँले जनताले मुलुकको विकास र समृद्धि चाहेको उल्लेख गर्दै जनचाहना पूरा गर्ने प्रतिवद्धताका साथ अगाडी बढ्नु आवश्यक रहेको बताउनु भयो ।