९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

शीर्ष नेताहरुसँग भेटघाट गर्नुमा मेरो कुनै अपेक्षा छैनः अर्जुननरसिंह केसी

शीर्ष नेताहरुसँग भेटघाट गर्नुमा मेरो कुनै अपेक्षा छैनः अर्जुननरसिंह केसी
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताउनुभएको छ ।

नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरुसँग भेट गरेको बताउनुभएको हो । उहाँले अहिलेको राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरुसँग भेट बढाएको बताउनु भयो । नेता केसीले स्थापित पार्टीहरुको नेता, नेतृत्व,नीति र कार्यशैलीको बिरोधमा नो भोटका रुपमा नागरिकहरुले स्वतन्त्रहरुलाई भोट दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ । त्यसमा आउने यात्रा चुनौतिपूर्ण छ । जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरु देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ कि, हाम्रा स्थापित पार्टीहरुको नेता, नेतृत्व,नीति र कार्यशैलीको बिरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ । अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो ।’

नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने बताउनु भयो । उहाँले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनैपनि पद माग्न नजाने स्पष्ट पार्नुभयो ।

उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बेलामा ठूलाठूला भ्रष्टाचारका काण्डहरु भए, मैले दुई,चार महिना अघिमात्रै पनि वाइडबडी काण्डदेखि ३३ केजी सुनसम्म ओम्नी, यति प्रकरणदेखि बुढीगण्डकीसम्मका कुरा गरेर ताली खाने काम गरेपनि आफ्नै सरकार र आफ्नै पार्टी सभापति हुँदा ठूला काण्डहरुको बारेमा छानबिन हुन नसकेको बताउनु भयो ।  उहाँले पूर्व प्रधानन्याधीश वा अन्य कसैको संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई दिनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरुबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो कुनै अपेक्षा छैन, अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ ड्राइभ दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा एउटा असल सांसदको रुपले मैले भुमिका निभाउँछु, त्यहाँमात्रै म अहिले प्रथम चरणमा सिमित हुनेछु । कसैसँग केही माग्न जाने पक्षमा छैन । म मन्त्री ४/५ पटक भइसकेँ त्यही मन्त्री हुने रहर छैन ।

‘मलाई आजको जुन व्यथिति छ, त्यसलाई थिति कायम गर्न सानो योगदान दिने, यो व्यवस्थाले परिलक्षित गरेको अवस्था छ, त्यो अवस्था सिर्जना हुन नसक्नुमा त्यो अवस्था सिर्जनाका निम्ति अवसर सिर्जना गर्ने, यति ठूला ठूला भ्रष्टाचारका काण्डहरु भए, मैले दुई,चार महिना अघिमात्रै पनि वाइडबडी काण्डदेखि ३० केजी सुनसम्म ओम्नी, यति प्रकरणदेखि बुढीगण्डकीसम्म हामीले ओलीजीको सरकार हुँदा त ठूलो भाषण गरेर ताली खायाँै ।’

‘हाम्रै सरकार हुँदा पूर्व प्रधानन्याधीश कसैको अध्यक्षतामा, संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई किन नदिने रु त्यो काम मेरो प्रधानमन्त्री, सभापतिले गरोस् भनेर लिखित प्रश्ताव पेस गरेको छु । त्यतातिर मेरो अभियान केन्द्रित भएको छ । परिस्थितिले धकेल्दा कता पुगिन्छ, मैले कसैसँग कुनै इच्छा लिएर भेटघाट गरेको छैन । नयाँ सरकार आए देशलाई केही योगदान दिन मन छ, तर यथास्थितिमा बसेर जनताका नकारात्मक सोचहरु आफूमाथि थुपार्ने सोच छैन ।’

नेता केसीले नेपाली काँग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने पनि दाबी गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले निर्वाचनमा जनताको बीचमा गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिवद्धता नै आजको आवश्यक्ता भएको बताउनु भयो । नेता केसीले काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि काँग्रैसकै नेतृत्वमा सरकार बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार गठबन्धनकै नेतृत्वमा बन्छ । हामीले जुन जनताको बीचमा प्रतिवद्धता गरेर आयौँ, यो गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिवद्धता नै हाम्रो जनताको बीचको प्रतिवद्धता हो । काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि काँग्रैसकै नेतृत्वमा सरकार बन्छ । हाम्रो पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यक्ता हो । यथास्थितिमा हामी अघि बढ्न खोज्यौँ भने यो चुनौति अझै गम्भीर बन्नेछ । जनतामा देखिएका नकारात्मक सोचहरु, समाजमा देखिएका विकृतिहरु त्यो सरकारमाथि नै थुप्रिन्छ । त्यसलाई आउने सरकारले कसरी समाधान गरेर अघि बढ्छ रु र एउटा नयाँ मार्गमा हिँडाउँछ भन्ने दृष्टिकोण हामीले राख्यौँ ।’

नेता केसीले पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्नुभयो । नेता केसीले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेट गर्नुभएको थियो ।

सोही भेटलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा सभामुखका लागि भेटघाट तिब्र बनाएको समाचार सार्वजनिक भएका थिए । यद्यपी भित्रि चर्चा सभामुखका लागि भएपनि नेता केसीले भने कुनैपनि पद प्राप्तिका लागि आफूले भेटघाट नगरेको दाबी गर्नुभएको छ ।