९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना
अ अ+ अ-

काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा (माओवादी केन्द्र) बाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विशवकर्मा (झापा) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

त्यसैगरी मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी (सर्लाही) र निलमकुमारी रजक (सप्तरी), एमालेबाट पलटीदेवी महरा (धनुषा), जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खंग (सप्तरी), जनता समाजवादी पार्टी नेपालबाट ललिता दास (सिरहा) , माओवादी केन्द्रबाट शारदा दास पहाडी (धनुषा) र नेकपा (एकीकृत समाजवादी) बाट किशोरी देवी (रौतहट) गरी सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा एमालेबाट बालकुमारी विश्वकर्मा ९काठमाडौँ० र कांग्रेसबाट सुना परियार (काठमाडौँ) तथा गण्डकी प्रदेशमा एमालेबाट गोविन्दबहादुर नेपाली (बागलुङ) र नन्दकला दमै नेपाली (कास्की), कांग्रेसबाट दिलमायाँ पौवी (बाग्लुङ) र टीकाकुमारी बस्याल (लमजुङ) तथा माओवादी केन्द्रबाट दमयन्ती रुचाल (बर्दघाट सुस्ता पूर्व) गरी पाँच जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा एमालेबाट इन्द्रकुमारी गहतराज (पाल्पा) र रेखाकुमारी शर्मा (दाङ), कांग्रेसबाट लोकीकुमारी विक (दाङ) तथा माओवादी केन्द्रबाट यमबहादुर नेपाली सार्की (गुल्मी) प्रदेशसभा सदस्यमा निर्वाचन भएका छन् । कर्णाली प्रदेशमा एमालेबाट गमता विक (दैलेख), कांग्रेसबाट लक्ष्मी सुनार (सल्यान) र माओवादी केन्द्रबाट उर्मिला विश्वकर्मा (रोल्पा) गरी तीन जना दलित समुदायबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा एमालेबाट हीरा सार्की (कञ्चनपुर), कांग्रेसबाट ललिता सुनार (कैलाली) र माओवादी केन्द्रबाट लक्ष्मी विक (दार्चुला) गरी तीन जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशतर्फ प्रत्यक्षमा गण्डकी प्रदेशमा सीता सुनदास र कर्णालीमा रनसिंह परियार मात्रै विजयी भएका थिए । योसँगै प्रदेशसभामा दलित समुदायको प्रतिनिधित्व ३० पुगेको छ ।

त्यसैगरी प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकतर्फ १५ जना निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ भने एमालेका सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधसभामामा समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ सांसद निर्वाचित भएका छन् ।