९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

न्यायालयका समस्या क्रमशः समाधानउन्मुख: कामु प्रधानन्यायाधीश कार्की

न्यायालयका समस्या क्रमशः समाधानउन्मुख: कामु प्रधानन्यायाधीश कार्की
अ अ+ अ-

गलकोट । सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले न्यायसम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको बताउनुभएको छ । उहाँले सामूहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै पाँच वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी फछ््यौट गर्न थालिएको बताउनुभयो ।

आज उच्च अदालत पोखरा बागलुङ इजलाश भवनको यहाँ आयोजित शिलान्याश कार्यक्रममा उहाँले सर्वोच्च अदालतले गोलाप्रथाद्वारा न्याय सम्पादन गर्ने, पाँच वर्ष नाघेका मुद्दाको छुट्टै व्यवस्थापन गर्ने र न्यायालयमा विचलन आउन नदिन न्यायालय सुधारका धेरै योजना अहिले कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

“न्यायलयमा केही समस्या नभएका होइनन् छन्, त्यसलाई विस्तारै सुधार गर्न लागिएको छ, अहिले गोला प्रथाद्वारा न्याय सम्पादन भइरहेको छ, पाँच वर्ष बढीका मुद्दालाई तीव्र रुपमा फछ््यौट गर्ने कार्य भइरहेको छ”,कार्कीले भन्नुभयो “अल्पकालीन अन्तरिम आदेश लिएर लामो समय अल्झाउने कार्यलाई अहिले एक हप्ताभित्रै ल्याएका छौँ, सामूहिक प्रयासमा मात्रै न्याय सम्पादन सहज बनाउन सकिन्छ ।”

उहाँले अदालतका पूर्वाधार गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन सात वर्षपछि पुनःनिर्माण थालिएको हो । ३० महिनाभित्र अदालतको मुख्य भवन तथा आवास निर्माण सक्नेगरी रु ५७ करोड४२ लाखमा श्यामसुन्दर पशुपति जेभी काठमाडौँले ठेक्कामार्फत काम सुरु गरेको छ । अहिले उच्च अदालतको पुरानो भवन भत्काउने कार्यले तीव्रता पाएको छ ।

अदालतको भवन प्रविधि, अपाङ्गता, भूकम्प प्रतिरोधि बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवन भन्दा ठूलो र आधुनिक भएको भवन निर्माणको प्राविधिक सहयोगी सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।