४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

अध्यादेशको अस्त्र: लाज पनि लजायो देउवाज्यू- अधिवक्ता भट्टराई

यो हद सम्मको संविधान माथिको प्रहार अक्षम्य

अध्यादेशको अस्त्र: लाज पनि लजायो  देउवाज्यू- अधिवक्ता भट्टराई
अ+ अ-

काठमाडौं । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले अदालतमा विचाराधिन मुद्दा फिर्ता लिन नमिल्ने जनाउनु भएको छ ।

सरकारले नागरिक उन्मुक्ति पार्टी र विप्लव समूहका कार्यकर्ता संलग्न मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी अपराध संहिता संशोधन अध्यादेश ल्याउन कार्य संविधान माथिको प्रहार अक्षम्य अपराध भएको उहाँले बताउनु भयो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुलुकी फौजदारी संहिता २०७४ मा संशोधनका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णय पछि उहाँले लेख्नुभएको छ-

संविधानलाई निर्मम प्रहार गरेर सत्ताको बाटो खोल्ने , ल्याम डक भएको सरकारले अध्यादेश जारी गर्ने , अदालतमा विचाराधिन मुद्दा फिर्ता लिन नमिल्ने दर्जनौ नजिर कुल्चने ? लाज पनि लजायो शेर ब देउवाज्यू । कता हुनुहुन्छ बिधिको शासनको कुरा गर्ने शेखर कोइराला र सत्तासंग संविधान साट्दैनौ भन्ने प्रिय मित्रहरु गगन थापा,विश्व प्रकाश ,चन्द्र भण्डारी र प्रदिप पौडेल हरु ? यो हद सम्मको संविधान माथिको प्रहार अक्षम्य हुन्छ ।

रेशम चौधरीलाई जेलबाट छुटाउन सहज हुनेगरी अध्यादेश मस्यौदा भएको र विप्लवका कार्यकर्ता पनि रिहा गर्ने भनेर सरकारले अध्यादेश ल्याउन लागेको हो । सत्ता गठबन्धनलाई सरकार बनाउन आवश्यक संख्या नपुग्ने भएपछि चौधरीको पार्टीको समर्थन लिन अध्यादेशको सहारा लिन लागेको हो ।