१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई यात्रामा झोलामा पाल्तु कुकुर बोकेर लगेपछि…



अ+ अ-

एजेन्सी । अमेरिकास्थित डेन काउन्टी क्षेत्रीय एयरपोर्टका सुरक्षाकर्मीहरूले हालै उडानको लागि चेक इन गर्ने यात्रुको सामान भित्र प्याक गरिएको असामान्य वस्तु फेला पारेका छन् ।

म्याडिसन विस्कन्सिनको एयरपोर्टमा सामानहरू विमानमा लोड गर्नु अघि, एक सुरक्षा गार्डले एयरपोर्ट एक्स–रे मेसिन जाँच गर्दा झोला भित्र कुकुर भेटाएका हुन् ।

यातायात सुरक्षा प्रशासन (टीएसए) ले ब्याकप्याक र एक्स–रेका दुई तस्बिरहरू ट्विटरमा सेयर गरेको छ । कुनै पनि जनावरसँग यात्रा गर्दा, आफ्नो एयरलाइनलाई सूचित गर्न र तिनीहरूको नियमहरू थाहा पाउन अनुरोध गरिएको छ ।

यातायात सुरक्षा प्रशासनले सामान भित्र जीवित पाल्तु जनावर फेला पारेको यो पहिलो पटक होइन । यस्तै घटना गत महिना न्यूयोर्क सिटी एयरपोर्टमा भएको थियो, जब अधिकारीहरूले यात्रुको सुटकेसमा एउटा जीवित बिरालो देखेका थिए ।

http://