५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंकको प्रतिवेदन: वाणिज्य बैंकहरुमा शंकास्पद कारोबारमा वृद्धि



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा शंकास्पद कारोबार ह्वात्तै बढेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकको वित्तीय जानकारी एकाईले प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा वाणिज्य बैंकहरुको शंकास्पद कारोबार बढेको उल्लेख छ । प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा शंकास्पद कारोबार ८१ प्रतिशतले बढेको उल्लेख छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा शंकास्पद कारोबार भएको तीन दिनभित्र एकाईमा रिपोर्ट गर्नुपर्ने प्रावधानअनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले दुई हजार ३८० वटा शंकास्पद कारोबार भएको रिपोर्टिङ एकाईमा गरेका थिए । अघिल्लो आर्थिक वर्ष एक हजार ४०३ वटा शंकास्पद कारोबार भएको रिपोर्ट गरिएको थियो ।

रिपोर्टिङ विकास बैंक, वित्त कम्पनी, लघुवित्त, बीमा, विप्रेषण कम्पनी, धितोपत्र कम्पनी, सहकारी तथा सरकारी निकायले गरेका हुन् । सम्पत्ति शुद्धीकरणको सूचना संकलन र विश्लेषण गर्ने वित्तीय जानकारी एकाईमा यी सबै संस्थाको दुई हजार ७८० वटा शंकास्पद कारोबार भएको रिपोर्टिङ भएको थियो ।