९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंकको प्रतिवेदन: वाणिज्य बैंकहरुमा शंकास्पद कारोबारमा वृद्धि



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा शंकास्पद कारोबार ह्वात्तै बढेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकको वित्तीय जानकारी एकाईले प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा वाणिज्य बैंकहरुको शंकास्पद कारोबार बढेको उल्लेख छ । प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा शंकास्पद कारोबार ८१ प्रतिशतले बढेको उल्लेख छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा शंकास्पद कारोबार भएको तीन दिनभित्र एकाईमा रिपोर्ट गर्नुपर्ने प्रावधानअनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले दुई हजार ३८० वटा शंकास्पद कारोबार भएको रिपोर्टिङ एकाईमा गरेका थिए । अघिल्लो आर्थिक वर्ष एक हजार ४०३ वटा शंकास्पद कारोबार भएको रिपोर्ट गरिएको थियो ।

रिपोर्टिङ विकास बैंक, वित्त कम्पनी, लघुवित्त, बीमा, विप्रेषण कम्पनी, धितोपत्र कम्पनी, सहकारी तथा सरकारी निकायले गरेका हुन् । सम्पत्ति शुद्धीकरणको सूचना संकलन र विश्लेषण गर्ने वित्तीय जानकारी एकाईमा यी सबै संस्थाको दुई हजार ७८० वटा शंकास्पद कारोबार भएको रिपोर्टिङ भएको थियो ।