३० भाद्र २०८३, मंगलवार
,
Latest
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीन्स लगाएको निहुँमा उत्तर प्रदेशमा १७ वर्षे किशोरीको ‘हत्या’



अ+ अ-

भारतमा गत साता उत्तर प्रदेशमा १७ वर्षीय नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको आरोप लागेको छ। ती आफन्तले नेहाले जीन्स लगाएको मन नपराएका र कुटपिट गरेको आरोप लागेको हो।

उनकी आमा शकुन्तलादेवी पासवानले बताएअनुसार ती किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले लट्ठीले कुटेका थिए।

उक्त घटना उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा भएको हो। त्यो क्षेत्र उक्त राज्यको एकदमै कम विकसित क्षेत्रमध्ये पर्छ। उनकी आमा शकुन्तलादेवीले भनिन्, "ऊ दिनभरि व्रत बसेकी थिई। साँझमा उसले जीन्स र टप लगाएर पूजा गरी। उसका हजुरबा-हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाए। नेहाले लगाउनकै लागि जीन्स बनाएकाले आफूले लगाउने बताई।" उक्त विवाद बढेको र त्यसले हिंसाको रूप लिएको उनले बताइन्।

शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेको बताए। उनले भनिन्, "उनीहरूले मलाई सँगै जान दिएनन्। त्यसैले मैले मेरा आफन्तलाई त्यसबारे जानकारी गराएँ। उनीहरू जिल्ला अस्पतालमा जाँदा त्यहाँ उनीहरूले नेहालाई भेटेनन्।"

भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाइन्। त्यहाँ पुगेर हेर्दा त्यो शव नेहाकै भएको थाहा भयो।

प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका-काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको छ। आरोपितले हालसम्म सार्वजनिक बयान दिएका छैनन्।

(देवरियाबाट बीबीसी हिन्दीका लागि राजेशकुमार आर्यले गरेको रिपोर्टमा आधारित)