२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिब १ सय ३५ किलो अवैध लागूऔषध गाँजा बरामद



फाईल फोटो
अ+ अ-

सर्लाही । मलंगवा नगरपालिका-११ स्थित चौरबाट करिब १ सय ३५ किलो अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ । 

अस्थाई प्रहरी पोष्ट पेट्रोल पम्पबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ठुलो पल्छीबाट सानो पल्छीतर्फ गईरहेको ९ जना व्यक्तिहरुले पोका फाली फरार भएपश्वात उक्त पोका जाँच गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । 

 फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।