२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा कोरोनाको तेस्रो लहरको जोखिम



अ+ अ-

सुनसरी । निषेधाज्ञा खुकुलो बनाइएसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । 

सुनसरीमा एक साताभित्र एक हजार बढी संक्रमित थपिएका हुन् । जिल्लामा सबै भन्दा बढी धरान र इटहरीमा कोरोना संक्रमित भेटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । असावधानी र हेलचेक्राईका कारण जिल्लामा पुनः संक्रमण फैलने खतरा बढेपछि नियन्त्रणका लागि प्रयास भइरहेको ढकालले बताउनुभयो ।

ढकालले भन्नुभयो, “लकडाउन खुकुलो भएसँगै धरान र इटहरीमा कोरोना संक्रमितको संख्या बढीरहेको छ, सक्रिय संक्रमितको संख्या पनि २ हजार पुगिसकेको छ, त्यसैले हामीले विभिन्न छलफल र तयारी गरिरहेका छौँ, सवारीसाधन चल्न थालेपछि मानिसहरुको आवतजावतले संक्रमण बढेको स्थिती हो ।”

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले संक्रमण दरको वृद्धि हेर्दा कोरोनाको तेस्रो लहरको आशंका गरिएको बताउनुभयो । उहाँले सवारीसाधन र होटल सञ्चालन खुल्ला गरिएकोले संक्रमित बढेको तर्क गर्नुभयो । 

उहाँले भन्नुभयो, “अब हामीले डिसीसीएमसीले गरेको निर्णयले गाडी चल्यो, होटल सञ्चालन हुन थाल्यो, यसले संक्रमित बढ्न थाले, मृत्यसदर घटेको छैन, हामीले गम्भीरता नलिने हो भने, अझै भयावह हुनसक्छ, अझै यो केस बढेर पीकमा जान थाल्यो भने थर्ड वेभ आएको हो कि भन्ने शंका गरेका छौँ ।”

सुनसरीको धरानमा कोरोना संक्रमित बढ्दा बजार पसल खुल्ने समय घटाइएको छ भने इटहरी उप–महानगरपालिका र वडा कार्यालय तत्कालको लागि बन्द गरिएको छ ।