२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन

काँग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो

काँग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो
अ अ+ अ-

काठमाडौं । पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली काँग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।

१० दिनयता पार्टी केन्द्रिय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका पार्टीका केन्द्रिय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बूँदे सहमति भएपछि मंगलबार अपरान्ह जुस पिएर उनीहरुले आमरण अनसन तोडेका हुन । 
पार्टीको तर्फबाट उनीहरुको माग सम्बोधन गर्ने ६ बूँदे सहमतिमा नेता डा. रामशरण महत र डा. प्रकाशशरण महतले हस्ताक्षर गरेपछि आफूहरुमाथि न्याय हुने अपेक्षामा साथ आमरण अनसन तोडिएको केन्द्रीय सदस्य यादवले जानकारी दिनु भयो । 

उहाँले जिल्ला छानवीन समितिको निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान हुने विश्वास समेत व्यक्त गर्नु भयो । “बैठक नै नबसी एकपक्षीय ढंगले क्रियाशील सदस्यता वितरण भएको अवस्था छ । दुवै नेतासँग मेरो अनुरोध छ–एक पक्षीय ढंगले वितरण गरिएको क्रियाशील सदस्यता बदर गरेर जिल्ला छानवीन समितिको निर्णय अनुसार क्रियाशील सदस्यता वितरणका सम्बन्धमा न्याय गर्नु हुनेछ ।”

यता, काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले उहाँहरुको माग सम्बोधन गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, “क्रियाशील सदस्यता वितरणमा उहाँहरुले राख्नु भएको माग पार्टी नेतृत्वले सम्बोधन गरी न्याय गर्नेछ ।”

पार्टीको जिल्ला छानवीन समितिको निर्णय अनुसार क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो नलगाएपछि यादवसहित तराईका विभिन्न जिल्लाका नेताहरु पार्टी केन्द्रिय कार्यालयमा आमरण अनसन बस्दै आएका थिए ।