२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन

टाउको र घाँटी क्यान्सरको सबै किसिमको उपचार हरिसिद्धिमै

टाउको र घाँटी क्यान्सरको सबै किसिमको उपचार हरिसिद्धिमै
अ अ+ अ-

बलराम प्यासी, ललितपुर । ‘नेपालीको क्यान्सरको उपचार नैपालमै’ भन्ने नाराका साथ स्थापना भएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिले टाउको र घाँटीमा हुनै सबैप्रकारको क्यान्सरको विशेषज्ञ सहितको स्तरीय उपचार सेवाको लागि क्यान्सररोगीले विदेश जान नपर्ने बताएको छ । 

‘टाउको र घाँटी क्यान्सर दिवस’को अवसरमा सो अस्पताल र नेपाल क्यान्सर सहयोग समूहद्वारा मंगलबार सो अस्पतालमा आयोजित टाउको र घाँटीको क्यान्सरलाई जितेकाहरुको भेटघाट तथा अन्तरसंवाद कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले सो कुरा बताएका हुन् । 

जस्तोसुकै क्यान्सर लागेपनि पहिला विदेशमै गएर उपचार गर्नुपर्छ भन्ने क्यान्सर रोगीको गलत सोचाईलाई परिवर्तन गर्नुपर्ने बताउँदै नेपालमै हरेक प्रकारका क्यान्सरको उपचार संभव रहेको डा.श्रेष्ठले दावी गरे । 
घाँटीको क्यान्सर भएपछि विरामीले खाना खान नसक्ने र स्वर गुमाउनुपर्ने वाध्यताको अन्त्य भएको उल्लेख गर्दै डा.श्रेष्ठले नेपाल क्यान्सर हस्पिटलले स्पिचथेरापि र प्लास्टिक सर्जरी सेवा दिएपछि कारण विरामी पहिलाकै स्वस्थ अवस्थामा पुगेको पनि बताए ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा शरीरका अन्य भागको क्यान्सरको निदान र उपचार सफलतापूर्वक गरिएजस्तै टाउको र घाँटीको क्यान्सरको अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवा सहितको उपचार सेवा दिन थालेपछि शुरुकै अवस्थामा उपचार भएका ९० प्रतिशतको रोग निको भएको टाउको र घाँटीको क्यान्सर विभागका विशेषज्ञ चिकित्सकले बताए भने सो अस्पतालमा स्तरीय उपचारपछि आफुहरुले पुर्नजीवन पाएको क्यान्सर विजेताहरुले बताए । 

अस्पतालको घाँटी र टाउको क्यान्सर विभाग प्रमुख एवम् शल्यचिकित्सक डा.प्रभात ठाकुरले चुरोट, सुर्ती, खैनी, पानपरागजस्ता सुर्तीजन्य पदार्थका कारण पुरुषहरुमा मुख र घाँटीको क्यान्सर बढी पाइएको र अन्य कारणले महिलाहरुमा थाइराइडको क्यान्सर पाइएको बताए । 

सो अस्पतालमा वार्षिक ३५० जना टाउको र घाँटीको क्यान्सर भएका विरामीको तीनैथरीको उपचार विधि केमोथेरापि, रेडियोथेरापि र सर्जरी गरिएकोमा शुरुको अवस्थामा उपचार गरिएकामध्ये ९० प्रतिशतको क्यान्सर निको भएको पनि डा.ठाकुरले बताए । शुरुकै अवस्थामा क्यान्सरको उपचार गरे रोगको निको हुने दर बढी हुने र उपचार खर्च पनि कम लाग्ने पनि उनले बताए ।  
पुरुषहरुमा टाउको र घाँटीपछि फोक्सो र शरीरका अन्य भाग तथा महिलाहरुमा पाठेघरको मुख, स्तन र थाइराइडको क्यान्सर धेरैमात्रामा पाइने गरेको तथ्य पनि सम्वन्धित विशेषज्ञ चिकित्सकले बताए ।
अस्पतालका प्रवन्ध निर्देशक डा.विजेश घिमिरेले घाँटी र टाउकोको क्यान्सरको उपचारमा नेपाल क्यान्सर हस्पिटल नेपालकै पहिलो अस्पताल भएको दावी गर्दै उपचारको लागि नेपालमै सुलभ रुपमा गुणस्तरीय औषधि पाइने बताए । 

नेपाल क्यान्सर सहयोग समूहकी संयोजक एवम् अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले विपन्न क्यान्सर विरामीलाई अस्पतालले निशुल्क होस् या चन्दा संकलन गरेर होस् शल्यक्रियादेखि उपचार समेतको गरेको बताउँदै हालसम्म २६ जना त्यस्ता विरामीको निशुल्क उपचार गरेको बताइन् । 

प्याथोलोजि विभागका प्रमुख डा. हरि ढकालले प्रयोगशाला परिक्षणका क्रममा अस्पतालको प्याथोलोजि विभागले हालसम्म १ सय ५६ प्रकारका क्यान्सर पत्ता लगाएको र सबैथरीको उपचार नेपाल क्यान्सर हस्पिटलमा भएको पनि दावी गरे । 

कार्यक्रममा अंकोलोजि विभागका प्रमुख डा.गिसुपनिख प्रसिको र शल्यक्रिया विभागका प्रमुख डा.कपेन्द्रशेखर अमात्यले आआफ्नो विभागले गरेको उपचार विधिबारे बताए ।
त्यस अवसरमा कयान्सरका विरामीले घाँटी र टाउकोको क्यान्सर भएर विभिन्न अस्पतालमा धाउँदा आफुले पाएको दुःख र नेपाल क्यान्सर हस्पिटलमा उपचार गरेपछि निको भई आफुहरुले पाएको दोस्रो जीवनबारे क्यान्सर विजेताहरुले आफ्नो अनुभव सुनाएका थिए ।