२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन

पाथेकाका वडा सदस्यसहित तीन पक्राउ

पाथेकाका वडा सदस्यसहित तीन पक्राउ
प्रतीकात्मक तस्बिर
अ अ+ अ-

खोटाङ । भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार ९भरुवा बन्दुक०सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट पक्राउ गरेको हो । 

पक्राउ पर्ने अन्यमा वडा सदस्य परशुरामका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ तथा ३३ वर्षीय मिलन बानियाँ रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका वडा सदस्यसहित तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारवाहीको प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । 

पक्राउ परेका वडा सदस्य परशुरामको घरबाट लोड नगरेको एक थान भरुवा बन्दुक तथा मदनबहादुरको घरबाट छर्रा र बारुदसमेत लोड गरेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने १५० ग्राम बारुद, ४०० ग्राम धातुका छर्रा र सलाई तथा मिलनको घरबाट छर्रा, बारुद लोड गरेको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । एउटै गाउँका तीन जनाको घरबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित खरखजना बरामद गरिएपछि उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । 

वडा सदस्य परशुरामको घरबाट बरामद गरिएको भरुवा बन्दुकको जिल्ला प्रशासन कार्यालय खोटाङले प्रदान गरेको अनुमतिपत्र रहेको जनाइएको छ । अन्य दुई जनाको भरुवा बन्दुकको भने अनुमतिपत्रसमेत नरहेको स्थानीय बासिन्दाले जनाएका छन् । 

वडा सदस्यको भरुवा बन्दुकको अनुमतिपत्र विसं २०७२ सालसम्म नवीकरण गरेको स्रोतले जनाएको छ । जिल्लामा अधिकांश स्थानीय बासिन्दाले प्रयोग गर्ने भरुवा बन्दुक बिना अनुमतिका रहेको स्रोतको दाबी छ । 

यसअघि गत जेठ १ गते भरुवा बन्दुक र वन्यजन्तुको अङ्गसहित खोटाङका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण विश्वकर्मालाई भरुवा बन्दुक, वन्यजन्तुको अङ्ग र बन्दुकमा प्रयोग हुने विष्फोटक पदार्थसहित उनीहरुको घरबाटै पक्राउ गरेको हो ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भरुवा बन्दुक प्रयोग गरी चोरी शिकारी गर्नेको सङ्ख्या बढेको प्रहरीले जनाएको छ । पर्याप्त वन्यजन्तु पाइने यस जिल्लामा अधिकांश स्थानीय बासिन्दाले मनोरञ्जनका लागि मृग, थार, घोरल, खरायो, कालिजलगायतको शिकार गर्ने गरेका छन् । जिल्लाका अधिकांश लेकाली क्षेत्रमा पर्ने जङ्गलमा शिकारी बास बस्दै शिकार गर्ने गरेको जनाइएको छ । पछिल्लो समय जिल्लामा अवैधरूपमा चोरी शिकारी गर्ने क्रम बढेपछि लोपोन्मुख जीवजन्तु भने सङ्कटमा पर्दै गएको छ ।

चोरी शिकारीको गतिविधि बढ्दै गएपछि नियन्त्रण गर्न प्रहरीले अवैध भरुवा बन्दुक नियन्त्रण अभियान शुरु गरेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । अवैध भरुवा बन्दुक नियन्त्रण गर्न जिल्लाका हरेक प्रहरी एकाइलाई निर्देशन दिइएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।