२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन

पहिलो चरणमा पाँच हजार खोप माग

पहिलो चरणमा पाँच हजार खोप माग
अ अ+ अ-

गण्डकी । पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।

परिषद्का अध्यक्ष भट्टराईले हाल पहिलो चरणमा होटल तथा रेष्टुराँसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताउनुभयो । पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा आवश्यक भए पनि तत्कालका लागि पाँच हजार मात्रा उपलब्ध गराउन माग गरिएको उहाँले बताउनुभयो । यसले पर्यटन बजारमा राम्रो सन्देश दिने उहाँको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसाय जीवन रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको भन्दै गर्दै उहाँले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकाले कर्जा तालिकालाई पुनःतालिकीकरण गर्न माग गर्नुभयो ।

मौद्रिक नीतिमा चालु आर्थिक वर्ष २०७८/०७९ मा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत ब्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन उहाँले अनुरोध गर्नुभयो । 

अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पहल गरिरहेको उल्लेख गर्दै व्यवसायीका मागप्रति प्रदेश सरकार गम्भीर भएको बताउनुभयो । कोरोनाबाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न सरकारले प्राथमिकता दिने उहाँले बताउनुभयो ।

कार्यक्रममा अग्रज पर्यटन व्यवसायी अग्नि कँडेल, वासु त्रिपाठी, टीकाराम सापकोटालगायतले यस वर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसँंग माग गर्नुभयो । पदमार्ग संरक्षण गर्न र पर्यटकीय गन्तव्यहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।