२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको मुसिकोटमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु



अ+ अ-

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको  लु१ज-४५६५ नम्बरको जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको हो । 

तीन जनाको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परी सात जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन लागिएको छ । 

दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।