२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने



अ+ अ-

काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै लिइने भएको छ । 

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको हो । 

कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा  निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिइने भएको छ । 

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।