२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप लिग टु: नेपाल र स्कटल्याण्ड खेल्दै



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आईतबार चौथो खेलमा स्कटल्याण्डको सामना गर्दैछ ।

युनाईटेड क्रिकेट मैदानमा हुन लागेको नेपाल र स्कटल्याण्ड बीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।

यस सिरिजमा नेपाल, नामिबीया र स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा हालसमम तीन एकदिवसीय अन्तराष्ट्रिय खेलेको छ । जसमा स्कटल्याण्डले दुई पटक जितेको छ भने नेपाल एक खेलमा विजेता बनेको छ ।

२३ खेलमा १८ अंक जोडेको नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ भने ३१ खेलमा ४४ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।