२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाजार्डद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा



अ+ अ-

एजन्सी । बेल्जियमका स्टार खेलाडी इडन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विश्वकपबाट बेल्जियम समूह चरणबाटै बाहिरिएपछि ३१ वर्षीय हाजार्डले सन्यासको घोषणा गरेका हुन् ।

हाजार्डले बेल्जियमका लागि १२६ खेलमा ३३ गोल गरेका छन् । सन् २०१८ मा रुसमा आयोजना भएको विश्वकपमा बेल्जियन टोलीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

हाजार्डले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै समर्थन र सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन् । ‘आज एक पाना पल्टिनेछ, अविश्वसनीय समर्थन र सहयोगका लागि सबैलाई धन्यवाद्। सन् २००८ देखि मैले खुशी साट्ने मौका पाएँ, मैले अन्तर्राष्ट्रिय फुटबल करिअरलाई बिट् मार्ने निर्णय गरेको छु । उत्तराधिकारी तयार छन्, म सबैलाई सम्झिरहने छु,’ उनले भनेका छन् ।

हाजार्ड हाल स्पेनिस ला लिगामा रियल मड्रिडबाट फुटबल खेल्छन् । यसअघि चेल्सीमा रहेका उनले ३५२ खेलमा ११० गोल गरेका थिए । उनी सन् २०१२ मा लिलबाट चेल्सी गएका थिए ।

चेल्सीमा सात सिजन बिताएका उनले प्रिमियर लिग र युरोपा लिगका साथै एफएकप र लिग कपको उपाधि जितेका थिए । उनी चेल्सीमा चारपटक वर्ष खेलाडी घोषित भए ।