• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट ★   निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री ★   के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? ★   स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल ★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री ★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन

हाजार्डद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा



एजन्सी । बेल्जियमका स्टार खेलाडी इडन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विश्वकपबाट बेल्जियम समूह चरणबाटै बाहिरिएपछि ३१ वर्षीय हाजार्डले सन्यासको घोषणा गरेका हुन् ।

हाजार्डले बेल्जियमका लागि १२६ खेलमा ३३ गोल गरेका छन् । सन् २०१८ मा रुसमा आयोजना भएको विश्वकपमा बेल्जियन टोलीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

हाजार्डले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै समर्थन र सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन् । ‘आज एक पाना पल्टिनेछ, अविश्वसनीय समर्थन र सहयोगका लागि सबैलाई धन्यवाद्। सन् २००८ देखि मैले खुशी साट्ने मौका पाएँ, मैले अन्तर्राष्ट्रिय फुटबल करिअरलाई बिट् मार्ने निर्णय गरेको छु । उत्तराधिकारी तयार छन्, म सबैलाई सम्झिरहने छु,’ उनले भनेका छन् ।

हाजार्ड हाल स्पेनिस ला लिगामा रियल मड्रिडबाट फुटबल खेल्छन् । यसअघि चेल्सीमा रहेका उनले ३५२ खेलमा ११० गोल गरेका थिए । उनी सन् २०१२ मा लिलबाट चेल्सी गएका थिए ।

चेल्सीमा सात सिजन बिताएका उनले प्रिमियर लिग र युरोपा लिगका साथै एफएकप र लिग कपको उपाधि जितेका थिए । उनी चेल्सीमा चारपटक वर्ष खेलाडी घोषित भए ।