२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन

राष्ट्रिय सभा: नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग

राष्ट्रिय सभा: नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको बुधबारको बैठकमा राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले रकुम पश्चिमको त्रिवेणीमा २५ वर्षीया मनकला खत्रीको अज्ञात समुहले वलात्कार पछि हत्या गरेकोले दोषीलाई कारबाही गर्न माग गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘रुकुम पश्चिमको त्रिवेणी वडा नं. ४ छहरे बस्ने २५ वर्षीय मनकला खत्रीलाई अज्ञात समुहले घाँस काट्न गएको बेला वलात्कार गरेर हत्या गरेको छ । यसको उचित छानविन गरी उचित न्यायको निमित्त सरकार सँग माग गर्दछु ।’

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वर्तमान सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले धेरै विद्यालयहरु लाभान्वित भएको भएपनि वर्तमान सरकारले सो कार्यक्रम अन्र्तगतको रकम रोक्न लागेको भन्दै त्यसो नगर्न सचेत गराउनुभयो । उहाँले भन्नुभयो – ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगतको रकम सरकार फेरिएसँगै त्यो रकम खर्च नहुने हो कि भन्ने कुरा सबैतिर शंकाको विषय रह्यो ।’

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले देशमा धेरै घरेलु श्रमिक रहेको र उनीहरुलाई कोभिड १९ को जोखिम रहेको भन्दै वडा तहमा घरेलु श्रमिकको पञ्जिकरण गरी परिचय पत्र दिन र कोभिड १९ विरुद्धको खोप दिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो –‘हाम्रो देशमा घरेलु श्रमिकको धेरै ठुलो जमात छ र घरेलु श्रमिक औपचारिक, अनौपचारिक कुनैपनि क्षेत्रमा देखिनु हुन्न । उहाँहरुले काम गर्ने वातावरण पनि प्राय जोखिमपूर्ण नै हुन्छ । अहिलेको यो कोभिड १९ को महामारीमा जोखिम झन बढेको छ । त्यसले गर्दा संघीयता सम्बन्धी हेर्ने मन्त्रालयले वडा स्तरमा घरेलु श्रमिकको पञ्जिकरण गर्ने, उनीहरुलाई परिचयपत्र दिने र खोप लगाउनको लागि प्राथमिकताको साथ काम गरोस् भनेर म अनुरोध गर्न चाहान्छु ।’

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले निर्मला हत्याकाण्डका दोषी पत्ता  किन लागेनन् भनी  प्रश्न गर्नुभो । उहाँले यो घटना रहस्यमय भएको भन्दै दोषीलाई छानविन गरी जन्मकैदको सजाय हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो –.‘नेपाल सरकारलाई दबाब र अनुरोध गर्दछु कि निर्मला हत्याकाण्ड किन बाहिर आउँदैन ? यसको के रहस्य छ ? नेपालका दिदीबहिनी, चेलीबेटी धेरै बेहालमा छन् । गरिबकै छोरी भएकाले पत्ता नलागेको हो कि ? माग गर्न चाहान्छु यो रहस्यमय भयो, यदी पत्ता लागिहाल्यो भने ति दोषीलाई छानविन गरी जन्मकैदको सजाय होस् भन्ने माग गर्दछु ।’

राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘नागरिकताको विधेयकलाई जतिसक्यो छिटो पारित गर्नेगरी प्रक्रिया अगाडी बढाउन सम्माननीय अध्यक्षज्यूमार्फत्  सम्बन्धीत निकाय र अधिकारीहरुको ध्यानाकर्षण गराउँदछु ।’ जनगुनासो र राष्ट्रियताको संरक्षण हुनेगरी विधेयक पास गराउनुपर्नेमा उहाँको जोड छ ।