२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माता सङ्घमा दीपकराज गिरी र रवीन्द्र बानियाँ मनोनीत



अ+ अ-

काठमाडौँ । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत हुनुभएको छ । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसक्नुभएको छ ।

यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहनुभएको छ । उहाँको निर्मित चौथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ भने रु १० करोड बढीको कलेक्सन घरेलु बक्सअफिसमै गरिसकेको छ ।

सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले उहाँ दुईलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो । “नेपाली फिल्ममा सफलता प्राप्त गरिरहनुभएका दुई निर्मातालाई जोड्न पाउँदा खुसी लागेको छ, हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको सङ्गठन बनाउनु हो”, अध्यक्ष खड्काले भन्नुभयो, “हामी नेपाली फिल्मलाई प्रत्यक्ष रुपमा फाइदा दिनसक्ने योजना तयार गरिरहेका छौँ ।”

अध्यक्ष खड्काका अनुसार सोही बैठकले सङ्घका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ । योजनासहित सङ्घमा जोडिएको निर्माता बानियाँले बताउनुभयो । “हाम्रो पेसागत हकहितको संस्थामा केही गर्न सकिन्छ भनेर जोडिएका हौँ”, निर्माता बानियाँले भन्नुभयो, “हाम्रो अनुभवले अहिले देखिएका निर्माताहरूको समस्या समाधान गर्न जुट्नेछौँ ।” सङ्घले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ ।