२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन

जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन

जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा  जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । 

समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिनुभयो । “परीक्षार्थीलाई महामारीबाट जोगाउन जनस्वास्थ्यमा मापदण्ड लागू गरी परीक्षा सञ्चालन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “सङ्क्रमितलाई छुट्टै कक्षा कोठा व्यवस्था गरिनुपर्दछ ।”

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने  भएको छ ।  चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिँदैछन् ।समिति सदस्य गिरिराजमणि पोखरेलले भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यालयले आफैँ आन्तरिक मूल्याङ्कन गरेर पठाउने क्रममा अनियमितता गरेकाले कार्यविधि परिवर्तन गरिनुपर्नेमा सु्झाव दिनुभयो ।    

सदस्य विद्या भट्टराईले विद्यार्थीलाई भीडभाड नगरीकन परीक्षा दिनपाउने वातावरण बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले परीक्षा केन्द्रित पढाइ भएकाले पठनपाठन शैलीमा परिवर्तन गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयोे ।सदस्य मानबहादुर विकले एकै दिन एउटा मात्र परीक्षा गर्ने गरी तालिका बनाउन आग्रह गर्नुभयो । अर्का सदस्य मनकुमारी जिसी, अन्जना विशङ्खेलगायतले पनि विद्यार्थीलाई सङ्क्रमणबाट बचाउन सकिने गरी परीक्षा सञ्चालन गर्न सुझाव दिनुभयो । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिले दिएको सुझावअनुसार परीक्षा सञ्चालन गरिने  बताउनुभयो । उहाँले ‘भर्चुअल’ विधिबाट पढाइ भए पनि दुर्गम क्षेत्रमा इन्टरनेटको समस्याका कारण प्रभावकारी हुन नसकेको बताउनुभयो । 
    
सङ्क्रमित विद्यार्थीले पछि परीक्षा दिन पाउने

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन छुटृै होमसेन्टरको व्यवस्था गरिएको र अहिलेको परीक्षामा सहभागी हुन नसकेका सङ्क्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने पाउने जानकारी दिनुभयो । “सङ्क्रमित भएर पनि परीक्षामा सहभागी हुनसक्ने परीक्षार्थीलाई अलग्गै कक्षा कोठाको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “ती विद्यार्थी परीक्षा शुरु भएको आधा घण्टापछि परीक्षा केन्द्रमा प्रवेश गर्नेछन् । अन्य विद्यार्थीको सकिएको आधा घण्टाको समयसम्म परीक्षा दिन पाउनेछन् ।”

बोर्डले २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयको परीक्षा केन्द्र दुईवटा हुने जनाएको छ । सदस्यसचिव अर्यालका अनुसार करीब चार लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछ । पच्चिस विद्यार्थी भएका विद्यालय एक हजार १००, २६ देखि ५० परीक्षार्थी भएका विद्यालय दुई हजार ३००, ५१ देखि १०० सम्म परीक्षार्थी भएका विद्यालय दुई हजार ४००  छन् भने  ५०० परीक्षार्थी भएका विद्यालय कमै मात्र छन् ।  

प्रश्नपत्र अनलाइन र हातेप्रश्नपत्र

बोर्डले परीक्षाका लागि अनलाइनबाट पनि प्रश्नपत्र पठाउने भएको छ । नब्बे प्रतिशत विद्यालयमा अनलाइनबाट र अन्य विद्यालयमा हाते प्रश्नपत्र पठाइने भएको छ । हाते प्रश्नपत्र र अनलाइनबाट पठाइएका प्रश्नपत्र भने फरक–फरक हुनेछन् । गत वर्ष ४० पूर्णाङ्कको मात्र परीक्षा भएकामा यसपटक १०० पूर्णाङ्कको परीक्षा हुने भएको छ । (रासस)