१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

संसदको महासचिवको पत्र असंवैधानिक, सर्वोच्चमा प्रवेश गर्न दिन्नौँ : नेपाल बार

संसदको महासचिवको पत्र असंवैधानिक, सर्वोच्चमा प्रवेश गर्न दिन्नौँ : नेपाल बार
अ अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनले संघीय संसद्का महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिन असंवैधानिक भएको बताएको छ ।

संसद्का महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा आजै सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा रहेको बताइएको छ ।

महाअभियोग निष्क्रिय भएको पत्र दिएको खबरसँगै नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ । बारका महासचिव अञ्जिता खनालका अनुसार तत्काल बैठक बसेर निर्णय लिइनेछ ।

बारका उपाध्यक्ष हर्क रावलले महाअभियोग प्रस्ताव संसद्मा कायम रहेको अवस्थामा संसद्का महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र दिनु गैरकानूनी भएको बताउनुभयो ।

महासचिव खनालले प्रतिनिधिसभाको एउटा कार्यकाल सएिपछि अर्को प्रतिनिधिसभाले महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्याउनुपर्नेमा निष्क्रिय भएको पत्र दिन असंवैधानिक र गैरकानूनी भएको बताउनुभयो । उहाँले एउटा चिठीका भरमा महाअभियोग प्रस्ताव खारेज गर्न नमिल्ने जिकिर गर्नुभयो ।

एसोसिएसनले पत्रसहित सर्वोच्चमा चोलेन्द्रशम्शेर आएमा प्रतिरोध गर्ने तयारी गरेको बताइएको छ । उपाध्यक्ष रावलले भन्नुभयो, “चोलेन्द्रले सर्वोच्चमा आउने दुस्साहस नगरे हुन्छ । ”