३० भाद्र २०८३, मंगलवार
,
Latest
सुनचाँदीको मूल्य घट्यो जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान
तपाईं के खोज्दै हुनुहुन्छ ?

“बाँचेपनि तिम्रै साथमा, मरे सँगै धर्ती छोडौँला” (भिडियो सहित)



अ+ अ-

काठमाडौं । संयोग पनि अनौठौ नै हुँदा रहेछ । मंगलबार राती झापाको दमक नगरपालिका–४ स्थित चियादोकान सडकखण्डमा  ट्रकको ठक्करबाट एक दम्पतीको मृत्यु भयो । कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी श्रीमती ३६ वर्षीया भीमा विष्टले दुर्घटनमा जीवन गुमाउनु भयो ।

केही दिन अघि मात्र यो दम्पतीले बाँचेपनि तिम्रै साथमा ‘, मरे सँगै धर्ती छोडौंला भन्ने गितमा टिकटक बनाएर पोष्ट गरेका थिए । टिकटक बनाएको केही समय पछि नै यस्तो अवस्था आउला भन्ने कल्पना त यो जोडीले गरेको थिएन तर भवितब्य त्यस्तै भएको छ ।

झापाका स्थानिय तथा काग्रेस प्रबक्ता एवं विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेख्नु भएको छ – "जीवन गुमाउने कल्पना यो जोडीलाई पक्कै थिएन, यो प्रेमिल जोडीको आत्माको मिलन होस् स्वर्गमा, परिवारजनमा गहिरो समवेदना ।"