• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

संसद् महासचिवको पत्र लिएर आए चोलेन्द्रलाई रोक्न नमिल्ने



फाईल फोटो

काठमाडौँ । प्रतिनिधिसभामा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पद पुनःस्थापित भएको छ । उनी आजै सर्वोच्च अदालतमा हाजिर गर्ने तयारीमा छन् ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राणालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् । गत फागुन महिनादेखि निलम्बनमा परेका राणालाई नौ महिनापछि सर्वोच्च फर्किने वातावरण बनेको छ ।

संसद्का महासचिवको पत्र बोकेर उनी सर्वोच्च फर्किँदा रोक्न नमिल्ने सुरक्षा स्रोतले जनाएको छ । उनको अनुपस्थितिमा अहिले सर्वोच्च अदालतको मुख्य पदमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जिम्मेबारी सम्हालिरहेका छन् ।