• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर



गलकोट । बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो । ।

कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ ।

अस्पतालको अक्सिजन प्लान्ट बाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्चलका जिल्लामा निर्यात गर्न थालिएको छ । अस्पतालमा २५ शय्यालाई पुग्ने प्लान्ट गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा स्थापना गरिएको थियो । त्यस लगत्तै कोरोना सङ्क्रमण बढ्दै जानु र अस्पतालमा बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा अक्सिजन प्लान्ट थप गरि स्थापना गरिएको हो । अस्पतालले अहिले अन्य जिल्ला तथा पालिका अस्पताल र निजी क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्न थालेको धौलागिरि अस्पताल बागलुङका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिनुभयो ।

उहाँले रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन अन्य अस्पताल र निजी क्षेत्रलाई अक्सिजन भरेर लैजाने व्यवस्था मिलाएको बताउनुभयो । उहाँले बढी उत्पादन भएको अक्सिजन सुलभ मूल्यमा निर्यात गर्दा पनि अक्सिजन प्लान्ट सञ्चालन खर्चकोसमेत जोहो हुने बताउनुभयो ।

सडक अवरुद्ध हुँदा झोलुङ्गे पुल तारेर अक्सिजन सिलिन्डर ल्याइ कोरोनाका दोस्रो लहरमा बिरामीको ज्यान बचाइएको अनुभव उहाँले सुनाउनुभयो । “सरकारले धौलागिरि क्षेत्रलाइनै पुग्नेगरी यही अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी बजेट व्यवस्थापन ग¥यो”, न्यूरेले भन्नुभयो, “अहिले पर्वत जिल्ला अस्पतालमा आवश्यक अक्सिजन लैजाने गरिएको र बागलुङका पालिका अस्पताललाई समेत अक्सिजन प्रयोग गर्नका लागि सम्पर्कमा आउन पत्रचार गरिसकेका छौँ” उहाँले आफुहरुको प्लान्टमा उत्पादित अक्सिजन निजी कम्पनीको भन्दा सस्तो र पोखरा धाउन नपर्ने हुँदा समयको समेत बचत हुने बताउनुभयो ।

धौलागिरी अस्पतालमा कोरोनाको दोस्रो लहरमा औद्योगिक क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर प्रयोग गरेर बिरामीको उपचार गरिएको र पछिल्लो समय अक्सिजन सिलिन्डरसमेत अस्पताललाई प्रर्याप्त पुग्ने गरी सुरक्षित गरिएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अभिषेक वाग्लेले जानकारी दिनुभयो ।  डा वाग्लेले भन्नुभयो “बिरामीको जीवन बचाउनका लागि अत्यावश्यक रहेको अक्सिजन आफ्नै अस्पतालमा उत्पादन हुनु र आवश्यक पर्दा अन्य जिल्लाका अस्पताल र पालिका अस्पतालमा समेत भरेर पठाउन सकिने भएको छ ।

धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उप–प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्नेगरी २०० शय्याको बनाउँदा यहाँ उत्पादित अक्सिजन अस्पतालमै खपत हुनसक्ने अस्पतालको भनाइ छ ।